कीवर्डहरू -

५ वर्षभित्र एआईको कारण २० प्रतिशत सम्म बेरोजगारी बढ्न सक्छ: एन्थ्रापिक सीईओ

५ वर्षभित्र एआईको कारण २० प्रतिशत सम्म बेरोजगारी बढ्न सक्छ: एन्थ्रापिक सीईओ

एआई कम्पनी एन्थ्रापिकका सह–संस्थापक तथा सीईओ डेरियो अमोदेईले फेरि एक पटक कृत्रिम बुद्धिमत्ता (एआई) बारे गम्भीर चेतावनी दिएका छन् ।

उनी भन्छन्, आउँदो १ देखि ५ वर्षभित्र एआईले प्रवेशस्तरका ह्वाइट–कलर जागिरहरू(अफिस वर्क) को लगभग ५० प्रतिशतसम्म सफाया गर्न सक्छ । यसले गर्दा विश्वव्यापी बेरोजगारी दर १० देखि २० प्रतिशतसम्म पुग्न सक्छ ।

अमोदेईका अनुसार यो “सामूहिक उन्मूलन”विशेषतः प्रवेशस्तर कामहरुमा हुनेछ । उनले युवाहरूलाई सतर्क गराउँदै भनेका छन्, “यदि तपाईं यस्ता जागिरहरूमा हुनुहुन्छ भने, आफैलाई स्तरवृद्धि गर्नुहोस् वा वैकल्पिक बाटो खोज्न सुरु गर्नुहोस् ।”

उनी भन्छन्, सबैभन्दा बढी असर प्रविधि, वित्त , कानुन र परामर्श जस्ता क्षेत्रहरूमा देखिनेछ, जहाँ एआई तीव्र गतिमा मानिसहरूको स्थान लिइरहेको छ ।

यस्तो भनाइ पहिलोपटक होइन – अमोदेईले यसअघि पनि बताइसकेका छन् कि सन् २०२६ सम्म एआई यति सक्षम हुनेछ कि एक जना व्यक्तिले नै अर्बौं डलरको कम्पनी चलाउन सक्नेछ, अर्थात् ठूलो टिमको आवश्यकता नै नपर्ने अवस्था आउन सक्छ ।

अमोदेईले यो पनि आरोप लगाए कि धेरै देशका सरकार र ठूला कम्पनीहरूले एआईको खतरा “शुगरकोट” गरिरहेका छन्, अर्थात् यसका गम्भीर परिणामहरूलाई सामान्य रूपमा प्रस्तुत गरिरहेका छन् । उनका अनुसार आम जनता अझै पनि यस परिवर्तनको वास्तविकता बाट बेखबर छन् । एआईकै कारण ठूलो प्रविधि कम्पनीहरूमा फ्रेशरको नियुक्ति करिब ५० प्रतिशतले घटिसकेको छ ।

माईक्रोसफ्टले हालसालै ६,००० कर्मचारीलाई कामबाट निकालेको थियो, भने अहिले एआईले ती कम्पनीका करिब ३० प्रतिशत कोडहरू आफैँ लेखिरहेको छ ।

गूगल डिप माइण्डका सीईओ डेमिस हसाबिसले पनि भनेका छन् कि आगामी ५ वर्षभित्र एआईले धेरै जागिरहरूमा अवरोध पु¥याउनेछ । उनले युवाहरूलाई अहिले देखिनै एआई युगका लागि आफूलाई तयार पार्न आग्रह गरे । “जसरी इन्टरनेटले मिलेनियल्सलाई र स्मार्टफोनले जेन जीलाई परिवर्तन ग¥यो, त्यसैगरी जेनेरेटिभ एआईजेन अल्फाको पहिचान बन्नेछ,” उनले भने ।