कीवर्डहरू -

वर्डप्रेसले स्थायी रूपमा सुरू गर्‍यो एआई, डिजाइन र मिडिया सम्पादन सहज हुने

वर्डप्रेसले स्थायी रूपमा सुरू गर्‍यो एआई, डिजाइन र मिडिया सम्पादन सहज हुने

वेबसाइट निर्माण प्लेटफर्म वर्डप्रेसले आफ्नो प्रणालीमा एआई प्रविधिलाई थप विस्तार गरेको छ। अटोम्याटिकको स्वामित्वमा रहेको यस प्लेटफर्मले यसअघि उपलब्ध एकपटक प्रयोग हुने एआई साइट बिल्डरलाई विस्तार गर्दै अब स्थायी एआई सहायकका रूपमा उपलब्ध गराएको हो।

नयाँ एआई सहायकले साइट एडिटरभित्रै बसेर डिजाइन र संरचनासम्बन्धी सुझाव दिन सक्छ। प्रयोगकर्ताले ‘थप सफा र प्रोफेशनल देखिने फन्ट विकल्प देऊ’ वा ‘साइटका रङहरू अझ चम्किला र बोल्ड बनाइदेऊ’ जस्ता निर्देशन दिन सक्छन्। यसमा सामग्री लेखन सुधार सुविधा पनि छ, जस्तै कुनै पाठलाई ‘अझ आत्मविश्वासपूर्ण बनाइदेऊ’ भन्ने अनुरोध गर्न सकिन्छ।

यसका साथै, एआई सहायकलाई साइटको मिडिया लाइब्रेरीमा समेत एकीकृत गरिएको छ। यसले नयाँ तस्बिर सिर्जना गर्न वा पुराना तस्बिरमा परिवर्तन गर्न सक्छ। उदाहरणका लागि, ‘यो तस्बिरलाई कालो–सेतो बनाइदेऊ’ वा ‘प्यानकेकलाई वाफलले बदलिदेऊ’ जस्ता निर्देशन सम्भव छन्। कम्पनीका अनुसार एआईले वेबसाइटको ब्रान्ड र डिजाइन शैली बुझेर सोहीअनुसार सामग्री तयार पार्न सक्छ।

वर्डप्रेसले आफ्नो टिम च्याट प्रणाली ब्लक नोट्समा पनि एआई सहायक समावेश गरेको छ, जसले टोलीबीचको छलफलमै च्याटबोट प्रयोग गर्न मिल्ने बनाएको छ।

यो सुविधा वर्डप्रेसलेका बिजनेस वा कमर्स प्लान प्रयोगकर्ताका लागि उपलब्ध छ। यदि वेबसाइट एआई बिल्डरमार्फत बनाइएको छ भने जुनसुकै प्लान भए पनि यो सुविधा स्वतः सक्रिय हुनेछ। कम्पनीका अनुसार यो सुविधा ब्लक थीमहरूमा उत्कृष्ट रूपमा काम गर्छ, तर क्लासिक थीममा सीमित हुनेछ। एआई सहायक सक्रिय गर्न साइट सेटिङ्सको ‘एआई टुल्स’ सेक्सनमा गएर टगल अन गर्न सकिन्छ।