कीवर्डहरू -

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै कामना सेवा विकास बैंक, डिजिटल कारोबार बन्द हुने

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै कामना सेवा विकास बैंक, डिजिटल कारोबार बन्द हुने

शुक्रबार साँझ ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म कामना सेवा विकास बैंकका सम्पुर्ण डिजिटल बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द हुने भएका छन् । 

बैंकले कोर बैंकिङ सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले सबै डिजिटल कारोबार शुक्रबार बेलुका ८ बजे देखि शनिबार बिहान ८ बजे सम्म बन्द हुने जानकारी दिएको हो । 

बैंकको सूचनामा भनिएको छ, ‘यस कामना सेवा विकास बैंक लिमिटेडको CBS UPGRADATION गर्नुपर्ने भएकोले यही मिति २०८०/०९/२० गते शुक्रबार बेलुका ८ बजे देखि २०८०/०९/२१ गते शनिबार बिहान ८ बजे सम्म सम्पुर्ण डिजिटल बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द रहने व्यहोरा हाम्रा ग्राहकवर्गहरुमा अवगत गराउदछौं । यसबाट ग्राहक महानुभावहरुमा पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।’