कीवर्डहरू -

एनपीएल टिम काठमाडौं गोर्खाजको शीर्ष प्रायोजनमा वर्ल्डलिंक

एनपीएल टिम काठमाडौं गोर्खाजको शीर्ष प्रायोजनमा वर्ल्डलिंक

नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिग (NPL) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (Title Sponsor) बन्ने भएको छ । 

सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक  अनुभव स्वाँर सिरोहिया बीच औपचारिक रूपमा हस्ताक्षर गरिएको हो ।

सम्झौता कार्यक्रममा बोल्दै मनोज कुमार अग्रवालले वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएको जानकारी दिदै अब काठमाडौं  गोर्खाजमार्फत त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएको बताए । 

यस्तै काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले वर्ल्डलिंक जस्तो प्रतिष्ठित ब्रान्ड अब नेपाल प्रिमियर लिगसँग जोडिएको र  तयारी तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिए । 

आगामी सिजनका लागि काठमाडौं गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ। 

साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ।

काठमाडौं गोरखाज र वर्ल्डलिंक कम्युनिकेशन्सबीचको यो साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।