कीवर्डहरू -

वर्ल्ड समिट अवार्डमा नेपालबाट कोइली, मिड डे मिल मोनिटरिङ प्लेटफर्म र कताहो शर्टलिष्ट

वर्ल्ड समिट अवार्डमा नेपालबाट कोइली, मिड डे मिल मोनिटरिङ प्लेटफर्म र कताहो शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२४ मा नेपालबाट ३ वटा परियोजना शर्टलिष्ट भएका छन् । नेपालबाट डब्लुएसए २०२४ का लागि कोइली, मिड डे मिट मोनिटरिङ प्लेटफर्म र कताहो शर्टलिष्ट भएका हुन् । 

डब्लुएसए २०२४ अन्तर्गत बिजनेस एण्ड कर्मस विधामा कोइली, इन्क्लुजन एण्ड इम्पवारमेन्ट विधामा एसएमएस एण्ड वेब बेस्ड मिड डे मिल मोनिटरिङ प्लेटफर्म र स्मार्ट सेटलमेन्ट्स एण्ड अर्बनाइजेसन विधामा कताहो डिजिटल एड्रेसिङ सिस्टम शर्टलिष्ट भएका हुन् । 

नेपालका लागि डब्लुएसए अवार्डको आधिकारिक साझेदारको रूपमा आईसीटी अवार्डले समन्वय गरिरहेको छ । आइसिटी अवार्डले नेपालबाट स्टार्टअप, इन्नोभेसन तथा प्रडक्टलाई डब्लुएसए अवार्डमा नोमिनेट गर्दै आएको डब्लुएसए अवार्डका नेशनल एक्सपर्ट राजन लम्सालले जानकारी दिए ।

६३ देशका ९०० आवेदनहरू मध्येबाट नेपालका ३ वटा परियोजना शर्टलिष्ट भएका हुन् । शर्टलिष्टका लागि डब्लुएसएले अनलाइन जुरी मिटिङ सञ्चालन गरेको थियो । अब विजेताहरू छनौटका लागि अष्ट्रियाको भियनामा डब्लुएसएको २२ जुरी सम्मिलित ग्राण्ड जुरी सेसन हुनेछ ।

विजेता आउँदो जनवरीको अन्तिमतिर छनौट हुनेछन् । विजेताहरूले यस पटक आगामी अप्रिल ६ देखि ९ तारिखसम्म भारतको हैदरावादमा हुन लागेको डब्लुएसएको ग्लोबल कंग्रेसमा सहभागी हुने मौका पाउने छन् ।