कीवर्डहरू -

वुलिङ्ग ईभीको एक्सचेन्ज अफर, जुनसुकै गाडीसँग वुलिङ्ग इभी साट्न सकिने

वुलिङ्ग ईभीको एक्सचेन्ज अफर, जुनसुकै गाडीसँग वुलिङ्ग इभी साट्न सकिने

वुलिङ्ग बिंगुओ ईभीले नक्सालमा रहेको शोरुमबाट विशेष सीमित समयको एक्सचेन्ज अफर घोषणा गरेकाे छ । ३० लाख रुपैयाँमा विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि अफर घोषणा गरिएकाे कम्पनीले जनाएकाे छ ।  

यो विशेष अफर अक्टोबर असोज १५ गते देखि असोज २० गतेसम्म दशैंको लागि ल्याएकाे जनाइएकाे छ । अफर अन्तर्गत ६ लाख डाउन पेमेन्ट गरेर वुलिङ्ग ईभी किन्न सकिने छ भने जुनसुकै ब्राण्डको गाडी वुलिङ्ग ईभी साट्न सकिने छ । 

२९ लाख ९९ हजार पर्ने वुलिङ्ग बिंगुओ ईभी आराम र सुरक्षाको लागि डिजाइन गरिएको उन्नत प्रविधिले सुसज्जित रहेकाे जनाइएकाे छ । 

फराकिलो भित्री भाग, अत्याधुनिक इन्फोटेनमेन्ट प्रणाली र ब्याट्री क्षमतामा परिष्कृत भएको यो गाडी परिवार र व्यक्ति दुवैका लागि उपयुक्त रहेकाे छ । 

यसबाहेक, यो एकै दिन डेलिभरीको लागि सजिलै उपलब्ध रहने र यो चाडको सिजन मनाउनेहरूका लागि एक सुविधाजनक विकल्प रहेकाे जनाइएकाे छ । यो गाडीको ब्याट्रीमा ८ वर्ष वा १,२०,००० किमी वारेन्टी र ३ वर्ष वा १,००,००० किमी वारेन्टी मोटर र उच्च भोल्टेज कम्पोनेन्टहरू छन् ।

वुलिङ्ग बिंगुओ ईभीमा आफ्नो गाडी साट्ने र घर चलाउनेहरूलाई पाँच तारे होटलमा दुईजनाको लागि डिनर जित्ने मौकाको लागि लक्की ड्रमा प्रवेश गरिने जनाइएकाे छ ।