सामाजिक सञ्जाल एक्सले नेपालमा सूचीकरण हुनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग औपचारिक रूपमा आवश्यक कागजात माग गरेको छ ।
शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै इमेल पठाएको हो । त्यसपछि मन्त्रालयले पनि आवश्यक पर्ने कागजात एक्सलाई पठाइसकेको छ ।
नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जालाई सरकारले प्रतिबन्ध लगाएसँगै एक्स सम्पर्कमा आएको छ । विच्याटले पनि सूचीकरण हुन चासो देखाएको छ ।
यसअघि मेटाले पनि नेपालमा सूचीकरण हुन आवश्यक कागजात मागेको बताइएपनि आधिकारिक रूपमा इमेल पठाएको छैन् ।