के तपाईं पनि डकुमेन्ट र एपहरूका लागि कोड जेनेरेट गर्न विभिन्न एआई टूलहरूको प्रयोग गर्दै हुनुहुन्छ? यदि यस्तो हो भने एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआई तपाईंकालागि केही विशेष ल्याएको छ ।
कम्पनीले आफ्नो एआई च्याटबोट ग्रोकमा एउटा नयाँ टूल थपेको छ, जसलाई ग्रोक स्टुडियो भनेर प्रस्तुत गरिएको छ । यो सुविधा प्रयोगकर्ताहरूलाई डक्युमेन्टहरू बनाउन र सम्पादन गर्न, एप्स र ब्राउजर गेमहरूको लागि कोड जेनेरेट गर्न र अन्य प्राविधिक तथा सिर्जनात्मक कार्यहरूमा सहयोग पु¥याउँछ ।
जानकारीको लागि भन्नुपर्दा, ग्रोक स्टुडियो, च्याटजीपीटीको क्यान्भास जस्तै सुविधा प्रदान गर्छ, तर फरक यति मात्र हो कि एक्सएआईले यो सबै सुविधा निःशुल्क दिइरहेको छ, जबकि च्याट जीपीटीले यस्ता सुविधाका लागि शुल्क लिन्छ ।
ग्रोक स्टुडियो के हो ?
ग्रोक स्टुडियो एक कोलाबोरेटिभ वर्कस्पेस हो, जसले प्रयोगकर्ताहरूलाई ग्रोक एआईको सहयोगमा प्रोजेक्टहरूमा काम गर्ने सुविधा दिन्छ । यसको स्प्लिट–स्क्रिन इन्टरफेसले प्रयोगकर्तालाई एउटै स्क्रिनमा एआईसँग रियल–टाइममा काम गर्न दिने विशेषता प्रदान गर्छ, जसले कार्यप्रवाहलाई अझ प्रभावशाली बनाउँछ ।
ग्रोक स्टुडियोको सहयोगले तपाईं डक्युमेन्टहरू, कोड, र रिपोर्टहरू सजिलै जेनेरेट गर्न सक्नुहुन्छ । एआईको सहायताले यी सबै कार्यहरू अब अझ सजिलो र छिटो भएको छ, जसको माध्यमबाट तपाईं कम समयमै निबन्ध, रिपोर्ट र ब्राउजर गेम बनाउन सक्नुहुन्छ ।
ग्रोक स्टुडियोले तपाईंलाई उत्कृष्ट कोडिङ्ग सपोर्ट पनि प्रदान गर्छ, जहाँ तपाईं पाइथन, सी++, जाभा स्क्रीप्ट, टाईप स्क्रीप्ट र ब्यास स्क्रीप्टजस्ता धेरै प्रोग्रामिङ भाषाहरूमा कोड लेख्न सक्नुहुन्छ ।
साथै, ग्रोक स्टुडियोमा गूगल ड्राइभ इन्टिग्रेसनपनि गरिएको छ, जसले प्रयोगकर्तालाई गूगल डक्स, सिट्स, स्लाईड्स जस्ता फाइलहरू सीधै जोड्न र सम्पादन गर्न मद्दत गर्छ ।
ग्रोक स्टुडियोमा तपाईं रियल टाइममा प्रीव्यू हेर्न र एडिटिङ गर्न सक्नुहुन्छ, जसअनुसार तपाईं नतिजाको आधारमा आवश्यक परिवर्तन गर्न सक्नुहुन्छ ।
जहाँ च्याटजीपीटीको क्यान्भस सुविधा केवल भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि उपलब्ध छ, त्यहीं ग्रोक स्टुडियो पूर्ण रूपमा निःशुल्क उपलब्ध छ ।