शाओमीले नेपालका उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ स्किम घोषणा गरेको छ । यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।
सेप्टेम्बर २१ (असोज ५) देखि सुरु भएको यो क्याम्पेन अन्तर्गत दैनिक र साप्ताहिक ‘लक्की ड्र’ मार्फत प्रिमियम शाओमी उत्पादनहरू उपहारस्वरूप पाउने व्यवस्था गरिएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले दसैँ नेपाली परिवारका लागि खुसी, एकता र नयाँ सुरुवातको पर्व भएको बताउँदै ‘ग्राण्ड दसैँ स्किम’ मार्फत उपभोक्ताको खुसीलाई अझ स्मरणीय बनाउन चाहेको बताए ।
ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल खरिद गर्दा प्रत्येक हप्ता एक जनालाई शाओमी १५ अल्ट्रा, शाओमी प्याड ७ र दैनिक लक्की ड्रमा रेडमी प्याड २ (प्रत्येक दिन १ विजेता), रेडमी बड्स ५ए (प्रत्येक दिन ३० विजेता), रेडमी वाच ५ एक्टिभ (प्रत्येक दिन १० विजेता) प्रदान गरिने छ ।
यस योजनामा सहभागी हुन ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल अधिकृत बिक्रेता तथा जुनसुकै मोबाइल बिक्रेताबाट खरिद गर्न सकिनेछ । खरिदपश्चात् प्रदान गरिएको युनिक क्युआर कोड स्क्यान गरी आफ्नो डिभाइसको IMEI नम्बर प्रमाणीकरण गर्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरण भरेर ‘स्पिन द व्हील’ गरेर उपहार जित्ने मौका पाउन सकिनेछ ।
यो योजना कार्तिक ५ गतेसम्म देशभरका अधिकृत शाओमी बिक्रेता तथा सबै मोबाइल बिक्रेताहरुमार्फत लागू हुनेछ ।