कीवर्डहरू -

स्मार्टफोन शाओमी १४ टीको मूल्य घट्यो, अबको मूल्य कति ?

स्मार्टफोन शाओमी १४ टीको मूल्य घट्यो, अबको मूल्य कति ?

विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा  घटाएको घोषणा गरेको छ । लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन  रहेको छ ।

घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको बताए ।

फोनमा ५० मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रा–वाइड र ५० मेगापिक्सेल टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४के भिडियो खिच्न सकिने क्षमता रहेको छ । मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर – शक्तिशाली ४ नानोमिटर चिप र एलपीडीडीआर ५एक्स र्‍यामले छिटो र सहज प्रयोग अनुभव दिलाउनेछ  ।

शाओमी १४टीमा ६.६७ इन्चको स्क्रिन, १.५के रिजोल्युसन र एचडिआर१०+ सपोर्ट उपलब्ध छ । स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई सुविधा छन् । फोनमा छोटो समयमा चार्ज र लामो ब्याकअपसहित ६७ वाट हाइपरचार्ज र ५००० मेघाहर्जको ब्याट्री, पानी र धूलो प्रतिरोधी तथा आईपी ६८ प्रमाणित सुरक्षा छ । 

१२ जिबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको फोन अब ५९ हजार ९९९ रूपैयाँमै उपलब्ध हुनेछ । यसअघि फोनको मूल्य ६४ हजार ९९९ रूपैयाँ रहेको थियो । 

शाओमी १४टी स्मार्टफोन नेपालभरको शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिन्छ । उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको छ ।

यो टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन आकर्षक रङमा उपलब्ध छ । विस्तृत जानकारीका लागि नजिकका शाओमी स्टोरहरुमा सम्पर्क गर्नु सक्नु हुनेछ ।