कीवर्डहरू -

सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सरमा साओमी

सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सरमा साओमी

साओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही चैत २५ गते शनिबार भक्तपुरको सल्लाघारी ग्राउण्डमा आयोजना हुने यस विशेष कन्सर्ट हुँदैछ ।

त्यसैगरी साओमी नेपालले हालै लोकप्रिय गायक सुशान्त केसी र चर्चित अभिनेत्री आना शर्मालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा प्रस्तुत गरेको थियो । साओमीको इनोभेसन, सिर्जनशीलता र समुदायसँग नजिक हुने चाहनालाई प्राथमिकता दिदैँ कम्पनीले यो भव्य संगीत उत्सवलाई समर्थन गरेको बताएको छ । 

सङ्गीत र प्रविधिलाई जोड्ने साझा विचार सहित बनेको साओमी र सुशान्त केसीको यो सहकार्य नेपाली दर्शकसँग अझ नजिकिन महत्वपूर्ण कदम साबित हुने विश्वास गरिएको छ । यस कन्सर्टले दर्शकहरूलाई अविस्मरणीय अनुभव दिनेछ, जहाँ प्रत्यक्ष प्रस्तुतिहरू र शाओमीका नयाँ प्रविधिहरू एकैसाथ झल्किनेछन् ।

आगामी दिनमा साओमी नेपालले अझ रोमाञ्चक अनुभवहरू र प्रविधि–सम्बन्धित कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।