कीवर्डहरू -

साओमी नेपालको चाडपर्व अफर, रेड्मी फोन किन्दा ४ हजारसम्म छुट

साओमी नेपालको चाडपर्व अफर, रेड्मी फोन किन्दा ४ हजारसम्म छुट

चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर लिएर आएको छ । चाडपर्वलाई विशेष बनाउन सोओमीले ‘दशैं तिहारको उमंग, साओमीको बबाल अफरसँग’ योजना ल्याएको हो । 

योजना अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा ४ हजार रूपैयाँसम्मको छुट पाउँन सक्ने  कम्पनीले बताएको छ । यस चाडपर्व विशेष अफर आगामी कार्तिक ३० सम्म लागु हुनेछ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले साओमीका स्मार्टफोनहरुले ग्राहकहरूको यसपालीको चाडपर्वलाई विशेष बनाओस् भन्ने चाहना रहेको बताए ।

अफर                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  
रेड्मी नोट १३

  • ६÷१२८ जीबी - पुरानो मूल्य २४ हजार ९९९ रूपैयाँ, अफर मूल्य २३ हजार ४९९ रूपैयाँ मात्र 
  • ८÷२५६ जीबी - पुरानो मूल्य २७ हजार ९९९ रूपैयाँ, अफर मूल्य २५ हजार ९९९ रूपैयाँ मात्र 

रेड्मी नोट १३ प्रो

  • ८÷२५६ जीबी - पुरानो मूल्य ३४ हजार ९९९ रूपैयाँ, अफर मूल्य ३२ हजार ९९९ रूपैयाँ मात्र 
  • १२÷५१२ जीबी - पुरानो मूल्य ३९ हजार ९९९ रूपैयाँ, अफर मूल्य ३५ हजार ९९९ रूपैयाँ मात्र 

रेड्मी नोट १३ प्रो प्लस फाइभजी

  • ८÷२५६ जीबी - पुरानो मूल्य ४७ हजार ९९९ रूपैयाँ, अफर मूल्य ४४ हजार ९९९ रूपैयाँ मात्र 
  • १२÷५१२ जीबी - पुरानो मूल्य ५२ हजार ९९९ रूपैयाँ, अफर मूल्य ४९ हजार ९९९ रूपैयाँ मात्र 

६+१२८ जीबी र ८+२५६ जीबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ । 

त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । 

रेड्मी नोट १३ प्रो प्लस फाइभजीमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग  भएको  हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

कार्तिक ३० सम्म लागु हुने यो चाडपर्व विशेष अफर साओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।