कीवर्डहरू -

एक्सपेङ जी ६ विद्युतीय गाडी नेपालमा सार्वजनिक, कति छ मूल्य ?

एक्सपेङ जी ६ विद्युतीय गाडी नेपालमा सार्वजनिक, कति छ मूल्य ?

नेपालमा विद्युतीय गाडी एक्सपेङ सार्वजनिक भएको छ । सीजी मोटर्सले चिनियाँ गाडी एक्सपेङको जी ६ भेरियन्ट नेपालमा सार्वजनिक गरेको हो । 

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्मार्ट ड्राइभिङ प्रविधि जस्तै स्वचालित ड्राइभिङ र एसईपिएस २.० प्रविधिहरू ल्याएको कम्पनीले जनाएको छ । 

यसमा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम(एडास) र ९–डायमेन्सन ब्याट्री सेफ्टी सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाएको छ ।

एक्सपेङ जी ६ मा ४५० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताहरू छन् । साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट आवर छ र यसमा एलुमिनियम डाइ–कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०–५० लोड अनुपात रहेको छ ।

जेनेसिस, ल्याम्वर्गिनी, फरारी, अडी र सियटका लागि कार डिजाइनको २४ वर्षको अनुभव बटुलेका चर्चित डिजाइनर जुआनमा लोपेजले यस कारको डिजाइन गरेका हुन् । जसले एक्सपेङका डिजाइनहरूलाई जीवन्त बनाएको छ ।

एक्सपेङको जी ६ भेरियन्टको मूल्य ८४ लाख ९९ हजार तोकिएको छ । गाडीको बुकिङ र टेस्ट ड्राइभको लागि थापाथलीमा रहेको शोरूममा सम्पर्क गर्न सकिने छ ।