कीवर्डहरू -

नेपालमा एडिया इपोक इलेक्ट्रिक स्कुटर सार्वजनिक

नेपालमा एडिया इपोक इलेक्ट्रिक स्कुटर सार्वजनिक

नेपालमा एडिया इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक कुजु नेपाल एडिया इपोक इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको छ । 

२ लाख ३५ हजार रूपैयाँमा उपलब्ध, एडिया इपोकले नेपाली उपभोक्ताका लागि आधुनिक, आकर्षक र वातावरणमैत्री इलेक्ट्रिक मोबिलिटीको नयाँ विकल्प ल्याएको कम्पनीले जनाएको छ ।

यो शुभारम्भले कुजु नेपालको सबै नेपाली घरपरिवारसम्म उच्च-गुणस्तरीय इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने प्रतिबद्धतालाई अझ बलियो बनाउने बताइएको छ ।

देशभर १५ डिलरशिपहरूको सञ्जाल र २०२५ को अन्त्यसम्म १० थप डिलरशिपहरू थप्ने योजनासहित, कम्पनीले नेपालको विद्युतीय मोबिलिटी क्रान्तिमा योगदान दिने लक्ष्य राखेको छ ।

यडिया इपोक आधुनिक सहरी यात्रुको आवश्यकता पूरा गर्न डिजाइन गरिएको जनाइएको छ । यो स्कुटरले उत्कृष्ट प्रदर्शन, उच्च प्रविधि, र आरामदायक अनुभव प्रदान गर्दै किफायती मूल्यमा उपलब्ध रहेको बताइएको छ ।

एडिया इपोक नेपालभरका आधिकारिक एडिया डिलरशिपहरूमा उपलब्ध रहेको छ ।  २ लाख ३५ हजार रूपैयाँमा सार्वजनिक गरिएको उच्च-गुणस्तरीय इलेक्ट्रिक स्कुटरले ६० किमी/घण्टाको अधिकतम गति र सहज गति प्रदान गर्नेछ । 

१५० एनएम टर्क रहेको यसलाई १२ डिग्रीको उकालोमा ३० मिनेटसम्म लगातार चलाउन सकिने गरी डिजाइन गरिएको छ । एक पटकको चार्जमा यो १५० किमी सम्म कुद्ने छ ।

यडिया इपोकले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर वारेन्टी प्रदान गर्दछ, जसले दीर्घकालीन विश्वासनीयता र ग्राहक सन्तुष्टिको सुनिश्चितता गर्दछ ।