नेपाल प्रिमिटर लिग (एपीएल) टिम लुम्बिनी लायन्सको शीर्ष प्रायोजकमा राइड शेयरिङ प्लेटफर्म यांगो नियुक्त भएको छ ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले यांगोलाई टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै उत्कृष्टता, नवीनता र विश्वमा पहुँचप्रतिको एउटै दृष्टिकोण साझा भएको महसुस भइरहेको बताए ।
नेपाली क्रिकेटको जोश, गौरव र सम्भावनालाई बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्जनका लागि हामीले यांगोलाई उत्कृष्ट सहयात्रीको रूपमा रोजेका उनको भनाइ छ ।
लुम्बिनी लायन्ससँगको टाइटल स्पोन्सर सम्झौतापछि यांगो नेपालका प्रतिनिधिले क्रिकेट नेपालमा सबैलाई जोड्ने माध्यम बनेको बताउँदै लुम्बिनी लायन्सलाई सहयोग गर्न पाउँदा निकै उत्साहित भएको जानकारी दिए ।
यांगो ग्रुप दुबई, संयुक्त अरब इमिरेट्स -यूएईमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो । यसले विश्वका विभिन्न ठाउँबाट विकास गरिएका प्रविधिहरूलाई स्थानीय समुदायका आवश्यकताअनुसार दैनिक सेवाहरूमा रूपान्तरण गर्छ– जसमा मोबिलिटी, नेभिगेसन, डेलिभरी, फुडटेक, मनोरञ्जन, र एआई असिस्टेन्ट लगायतका सेवा समावेश छन् ।
यस्तै लुम्बिनी लायन्स, जसका मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन्, दोस्रो सिजनका लागि तीव्र रूपमा तयारीमा छन् ।
मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइटअन्तर्गत हुने एनपीएलका लागि टिमले अहिले एक्स्ट्राटेक ओभलमा फ्लडलाइटमुनि प्रशिक्षण गरिरहेको छ ।
आईसीटी समाचार