यांगो राइडले नेपालमा नयाँ चालक साझेदारहरूको योगदानको सम्मान गर्दै विशेष मासिक चालक सहभागिता कार्यक्रम सम्पन्न गरेको छ।
पछिल्ला २–३ महिनामा उत्कृष्ट प्रदर्शन गर्ने नयाँ चालक साझेदारहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा उनीहरूको समर्पण, सेवा गुणस्तर र निरन्तरताको कदर गर्दै नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी सबै चालकलाई प्रशंसा पत्र प्रदान गरी उनीहरूको योगदानको सम्मान गरिएको छ।
याङ्गो राइडले जाडो मौसममा चालकहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै विशेष ‘विन्टर गुडी ब्याग’ पनि वितरण गरेको छ। उक्त प्याकेजमा याङ्गो ब्रान्डेड जाडो ज्याकेट, जाडो पञ्जा, कार फ्रेशनर, प्रिमियम क्लिनिङ कपडा र की-रिङ समावेश गरिएको छ, जसले चालकहरूको दैनिक काममा सुविधा र यात्रुहरूका लागि सफा तथा मैत्रीपूर्ण अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
यस कार्यक्रममार्फत याङ्गो राइडले चालक समुदायसँगको सम्बन्धलाई मजबुत बनाउने, गुणस्तरीय र निरन्तर सेवामा प्रोत्साहन दिने, दुईतर्फी संवाद र साझा सिकाइ प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
कम्पनीले आगामी दिनमा पनि यस्ता मासिक कार्यक्रम निरन्तर सञ्चालन गर्दै चालक साझेदारहरूको योगदानको सम्मान गर्ने, उनीहरूको आत्मविश्वास र दीर्घकालीन सफलतालाई प्रोत्साहित गर्ने योजना बनाएको छ।
आईसीटी समाचार