कीवर्डहरू -

यात्री र सिप्रदीबीच जोइन्ट भेञ्चर स्थापना गर्ने सम्झौता, किफायती दुई पांग्रे ईभी बनाइने

यात्री र सिप्रदीबीच जोइन्ट भेञ्चर स्थापना गर्ने सम्झौता, किफायती दुई पांग्रे ईभी बनाइने

यात्री र सिप्रदीबीच यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्द्धन गर्न जोइन्ट भेञ्चर कम्पनी स्थापना गर्ने सम्झौता भएको छ ।

सन् १९८२ देखि अटोमोटिभ क्षेत्रमा काम गरिरहेको कम्पनी सिप्रदी दुई पांग्रे विद्युतीय सवारीसाधन उत्पादनमा प्रवेश गरेको हो । 

यात्री डिजाइन स्टुडियोका संस्थापक तथा सीईओ अशिम पाण्डेले यो सहकार्यले किफायति कटिङ एज विद्युतीय सवारीसाधन बनाउन सघाउने बताए । 

यो सहकार्यले अटोमोटिभ इन्जिनियरिङमा स्थानीय नवप्रवर्तनको साझा दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने जनाइएको छ ।

स्वदेशी उत्पादनलाई प्रवर्द्शन गर्दै दुई पाङ्ग्रे विद्युतीय सवारी उद्योगलाई नयाँ उचाइमा लैजान यो सहकार्य महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए ।