कीवर्डहरू -

तपाईले प्रयोग गर्ने स्मार्टफोन कभर हुन सक्छ हानिकारक

तपाईले प्रयोग गर्ने स्मार्टफोन कभर हुन सक्छ हानिकारक

फोनको सुरक्षाको लागि मानिसहरू धेरै ध्यान दिन्छन् । सामान्यतया, मानिसहरूले महँगो फोनमा कुनै स्क्रयाच नलागोस् भनेर राम्रोसँग कभर लगाउँछन् । तर के तपाईंलाई थाहा छ, स्मार्टफोनका यी कभरले फोनसँगै वातावरणलाई पनि धेरै हानी पुर्याउँछन् ।

यदि फोनमा प्लास्टिक कभरको प्रयोग गरियो भने यसले फोनलाई सुरक्षित बनाउँछ । तर कहिलेकाहीँ फोन चार्जिङको क्रममा कभरको कारणले गर्दा फोन धेरै तातिन्छ । यसले गर्दा डिभाइसको ब्याट्रीमा नराम्रो असर पर्छ । यदि लामो समयसम्म फोनमा कभरको प्रयोग गरियो भने यसले ब्याट्रीको क्षमता छिट्टै कम हुन्छ ।

प्लास्टिक कभर मोबाइलमा लगाउँदा फोनको तौल बढ्छ, जसले गर्दा फोन चलाउँदा केही समयपछि हातमादुख्ने समस्या पनि हुन् सक्छ ।

धेरैजसो फोन कभरहरूमा प्लास्टिकको मात्रा धेरै हुन्छ । यस्तोमा केही समयपछि जब त्यसको चमक वा डिजाइन बिग्रन्छ, धेरैजसो मानिसहरू तिनलाई फालिदिन्छन् । यस्तो अवस्थामा तिनलाई फेरि प्रयोग गर्न गाह्रो हुन्छ, जसले गर्दा फोहोरमा फाल्ने बाहेक कुनै उपाय हुँदैन् ।

त्यसपछि कभरलाई रिसाइकिल गर्नु पनि निकै कठिन काम हुन्छ । वास्तवमा, धेरैजसो प्लास्टिक कभरहरूमा त्यस्ता वस्तुहरूको प्रयोग गरिएको हुन्छ, जसलाई रिसाइकिल गर्न सकिँदैन् । यसले गर्दा तिनीहरू पृथ्वीमा प्लास्टिकको फोहोर बढाउने काम गर्छन् ।

महँगा फोनहरूको लागि धेरैजसो मानिसहरूले राम्रो फोन कभरहरू किन्दछन् । यस्तोमा प्लास्टिक कभरको सट्टा तपाईंले अन्य सामग्रीबाट बनेका कभरको प्रयोग गर्न सक्नुहुन्छ ।

फोनलाई सुरक्षित राख्नका लागि बजारमा अरू विभिन्न प्रकारका कभरहरू उपलब्ध छन्, जस्तै कपडाको कभर । कपडाका कभरहरू धेरै आकर्षक हुन्छन् र फोनका लागि सुरक्षित पनि हुन्छन् । साथै, कपडाबाट बनेका मोबाइल कभरले वातावरणलाई हानी पनि पुर्याउँदैनन् ।