अब नागरिक एपबाटै सिंहदरबारको गेटपास लिन सकिने भएको छ । नागरिक एपले हालै सिंहदरबारको गेटपास लिन सकिने सुविधा थप गरेको हो ।
यसअघि सरकारले सिंहदरबार प्रवेश गर्न चाहनेका लागि अनलाइनबाटै गेटपास लिन सकिने गरी सिंहदरबारपास डट जीओभी डटएनपी वेबसाइट सञ्चालनमा ल्याएको थियो ।
अब यो सुविधा नागरिक एपमै उपलब्ध भएपछि सिंहदरबारको गेटपास लिन अझै सहज हुनेछ । नागरिक एपबाट सिंहदरबारको गेटपास लिन एपभित्र रहेको सिंहदरबार पासमा क्लिक गर्नुपर्नेछ ।
 त्यसपछि रिक्वेस्ट पासमा क्लिक गरेर कार्यालय, भट्ने मान्छे र भेट्नुपर्ने कारण लगायत विवरण राखेर सबमिट गरेर स्वीकृत भएपछि मोबाइलमै पास देखाएर सिंहदरबार छिर्न सकिने छ । 
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      