काठमाडौं महानगरपालिका–११, भद्रकाली क्षेत्रबाट अवैध क्रिप्टोकरन्सी कारोबारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बारा, कलैया–२० घर भई काठमाडौं महानगरपालिका–१५, डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनको साथबाट क्रिप्टो कारोबारमा प्रयोग भएको दुई थान मोबाइल फोन बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले नेपाली रुपैयाँ १९ करोड ८१ लाख ४९ हजार ५८१ (उन्नाइस करोड एकासी लाख उनन्चास हजार पाँच सय एकासी) रूपैयाँ बराबरको अभौतिक मुद्रा (क्रिप्टोकरन्सी) कारोवार गरेको खुलेको छ।
अभौतिक मुद्रा प्रयोग गर्न नहुने सम्बन्धी कसूरमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताएका छन्।
आईसीटी समाचार