कीवर्डहरू -

डिजिटल सीप सिक्न युवाको आकर्षण, गुगल करियर सर्टिफिकेट्समा ३,५०० भन्दा बढीको आवेदन

डिजिटल सीप सिक्न युवाको आकर्षण, गुगल करियर सर्टिफिकेट्समा ३,५०० भन्दा बढीको आवेदन

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गरेको ‘गुगल करियर सर्टिफिकेट्स स्कलरसिप प्रोग्राम २०२६’ मा ३ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएको छ ।

आवेदन दिने समयावधि समाप्त भएसँगै अब सबै आवेदनहरूको विस्तृत समीक्षा तथा मूल्यांकन प्रक्रिया अघि बढाइने फाउन्डेसनले जनाइएको छ । कार्यक्रमअन्तर्गत छनोटमा परेका उम्मेदवारहरूलाई आगामी चरणका बारेमा प्रत्यक्ष रूपमा सम्पर्क गरिने बताइएको छ ।

फाउन्डेसनका अनुसार डिजिटल सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्धिलाई लक्ष्य गरी सञ्चालन गरिएको कार्यक्रममा युवाहरूको उल्लेखनीय आकर्षण देखिएको छ ।

गुगल करियर सर्टिफिकेट्स कार्यक्रम आईसीटी फाउन्डेसन नेपालले गुगल र मेरो जबको सहकार्यमा सञ्चालन गरेको हो । यस कार्यक्रममार्फत सहभागीहरूले सूचना प्रविधि तथा डिजिटल क्षेत्रमा आवश्यक सीप हासिल गर्ने अवसर पाउनेछन् ।