कीवर्डहरू -

धुलिखेलमा युथ ह्याक फेस्ट हुँदै, कसरी हुने सहभागी ?

धुलिखेलमा युथ ह्याक फेस्ट हुँदै, कसरी हुने सहभागी ?

काभ्रेको धुलिखेलमा युथ ह्याक फेस्ट २०२५ हुने भएको छ । चैत १४ गतेदेखि ८ गतेसम्म जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने वर्ल्ड युथ फेस्टभलमा २०२५ मा युथ ह्याक फेस्ट हुने भएको हो । 

आईटी क्षेत्रका विद्यार्थी र विज्ञलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित ह्याक फेस्ट आयोजना हुन लागेको बताइएको छ । 

ह्याक फेस्टमा कृषि, स्वास्थ्य, पर्यटन, यातायात र विपद् थिममा आवेदन दिन सकिने छ । ह्याक फेस्टको कुल पुरस्कार राशि ५ लाख बढी रूपैयाँ रहेको छ ।

ह्याक फेस्टमा ३० वर्ष मुनिका व्यक्तिहरू सहभागी हुन सक्ने छन् । एउटा टिममा बढीमा ४ जना सहभागी हुन पाइने छ, त्यसमा सकेसम्म कम्तिमा पनि १ जना महिला हुनुपर्नेछ ।

ह्याक फेस्टमा सहभागी हुनेले कृषि, स्वास्थ्य, पर्यटन, यातायात र विपद् थिममा रहेर सोलुसन विकास गर्नुपर्नेछ । ह्याक फेस्टको टेक डोमेनको रूपमा एआई, मेसिन लर्निङ, आईओटी, स्मार्ट सेन्सर, ब्लकचेन, जीआईएस, रिमोट सेन्सिङ, एआर, भीआर निर्धारण गरिएको छ । 

यदी तपाई पनि ह्याक फेस्टमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आवेदन दिन सकिने छ । फेस्टको इभेन्ट पार्टनरको रूपमा लिभिङ विथ आइसिटी र इम्पिलिमेन्टिङ पार्टनरको रूपमा आइसिटी फाउन्डेसनसँग सहकार्य गरिएको छ ।