कीवर्डहरू -

प्रिमियम लाइट सब्सक्रिप्शन पुन: परीक्षण युट्युब

प्रिमियम लाइट सब्सक्रिप्शन पुन: परीक्षण युट्युब

युट्युबले प्रिमियम लाइट सब्सक्रिप्शनको पुन: परीक्षण गरिरहेको छ । युट्युबको प्रिमियम लाइट सब्सक्रिप्सन सेवा अष्ट्रेलिया, जर्मनी र थाइल्याण्डमा परीक्षण भइरहेको छ ।

यो नयाँ संस्करणमा सीमित विज्ञापनहरू हुनेछन्, जसलाई फाइन प्रिन्टले प्रायजसो भिडियोहरू विज्ञापन-रहित भएको बताएको छ ।  तर सर्च र ब्राउज गर्दा संगीत सामग्री र शर्टहरूमा भिडियो विज्ञापनहरू र अवरोध नगर्ने विज्ञापनहरू हुनेछन् । 

युट्युबले यसअघि पनि प्रिमियम लाइट सब्सक्रिप्सन युरोपमा परीक्षण गरेको थियो । तर सन् २०२३ देखि युट्युबले यसलाई हटाएको थियो । 

प्रिमियम लाइटको मूल्य प्रतिमहिना ९ अमेरिकी डलर रहेको छ । लाइटमा सिमित एड देखिने छन् । यो बाहेक अरू सविधा पाइने छैनन् ।