कीवर्डहरू -

फेस तथा भ्वाइस डिपफेक पत्ता लगाउने टुलमाथि काम गर्दै युट्युब

फेस तथा भ्वाइस डिपफेक पत्ता लगाउने टुलमाथि काम गर्दै युट्युब

फेस (अनुहार) तथा भ्वाइस (आवाज) डिपफेक पत्ता लगाउन युट्युबले नयाँ टुलमाथि काम गर्न थालेको छ । बिहीबार युट्युबले व्यक्तिको अनुहार वा आवाज प्रयोग गरेर एआई-उत्पन्न सामग्री पत्ता लगाउने टुलमा काम गर्न थालेको जानकारी दिएको हो । 

यस टुलको पाइलट कार्यक्रम अर्को वर्षको सुरूबाटै सुरु हुनेछ । तर कहिले सार्वजनिक हुन्छ त्यसको बारेमा कुनै जानकारी दिएको छैन् । 

फेस डिटेक्सन टुलले मानिसहरूलाई उनीहरूको फेसको एआई डिपिक्सन ‘पत्ता लगाउन र व्यवस्थापन’ गर्न दिनेछ ।

यस टुलले क्रियटर, एक्टर, म्युजिसियन र एथलेटिक्सलाई डिपफेक भिडियो फेला पार्न र के गर्ने भनेर छनौट गर्न अनुमति दिने युट्युबले जनाएको छ । 

यसका साथै ‘सिन्थेटिक सिङ्गिङ आइडेन्टिफिकेसन’ कन्टेन्ट आईडी युट्युबको स्वचालित आईपी सुरक्षाको भाग हुनेछ । 

एआईले मानिसको रचनात्मकतालाई प्रतिस्थापन गर्ने नभएर त्यसलाई बढाउनु पर्नेमा विश्वास गर्ने युट्युबका क्रिएटर उत्पादनका उपाध्यक्ष अमजद हनिफले एक ब्लग पोष्टमा भनेका छन् ।