कीवर्डहरू -

युट्युबले सुरु गर्‍यो ‘युट्युब ल्याब्स’, एआई होस्ट परीक्षणमा

युट्युबले सुरु गर्‍यो ‘युट्युब ल्याब्स’, एआई होस्ट परीक्षणमा

युट्युबले आफ्ना प्रयोगात्मक एआई उपकरण परीक्षणका लागि नयाँ प्लेटफर्म ‘युट्युब ल्यास’ सुरु गरेको घोषणा गरेको छ। यसलाई गुगलको पहिलेको गूगल ल्याब्स जस्तै प्रयोगकर्ताले अत्याधुनिक एआई सुविधाहरूको परीक्षण गर्न सक्ने छन् । 

हालै सुरु भएको यो सेवामा युट्युबले आफ्नो म्युजिक एपमा एआई होस्ट परीक्षण गरिरहेको छ। यी होस्टहरूले प्रयोगकर्ताको संगीत अनुभवलाई अझ रोचक बनाउन सम्बन्धित कथा, फ्यान ट्रिभिया र रमाइलो टिप्पणी प्रस्तुत गर्ने सुविधा दिनेछन्। यसअघि स्पोटिफाईले पनि एआई डीजे ल्याएको थियो, जसरी युट्युबले अब आफ्नै संस्करण प्रस्तुत गर्न लागेको हो।

हाललाई युट्युब ल्याब्स केवल प्रिमियम सदस्यहरूका लागि मात्र उपलब्ध हुनेछ। दर्ता खुला भए पनि यो सुविधा सीमित संख्यामा अमेरिकामा रहेका प्रयोगकर्तालाई मात्र दिइने बताइएको छ। कति प्रयोगकर्ताले सहभागिता पाउने भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

युट्युब प्रयोगकर्ताहरूले पछिल्ला महिनाहरूमा प्लेटफर्ममा एआई–आधारित सामग्रीको तीव्र वृद्धि देखेका छन्। यसरी एआई होस्ट जस्ता सुविधा निरपराध लागे पनि भविष्यमा प्लेटफर्ममा अझ धेरै एआई प्रयोग बढ्ने निश्चित देखिन्छ।

युट्युबले हालै सिर्जनाकर्ताहरूका लागि दर्जनौँ नयाँ एआई उपकरण थपेको छ, जसमा बोलेको संवादलाई गीतमा रूपान्तरण गर्ने सुविधा समेत समावेश छ। साथै, उमेर प्रमाणीकरणदेखि लिएर गुगलको चर्चित (र विवादित) एआई ओभरभ्यू जस्तै सुविधा परीक्षणमा रहेको जानकारी समेत दिइएको छ।