कीवर्डहरू -

जूमका सिइओ एरिक युआन भन्छन्: एआईले घटाउनेछ हप्ताको कार्यदिन

जूमका सिइओ एरिक युआन भन्छन्: एआईले घटाउनेछ हप्ताको कार्यदिन

जूमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एरिक युआनले कृत्रिम बुद्धिमत्ता (एआई) सहायकहरूका कारण भविष्यमा मानिसहरूले हप्तामा कम दिन मात्र काम गर्नुपर्ने विश्वास व्यक्त गरेका छन् । 

सोमबार टेकक्रन्च डिसरप्ट २०२५ मा बोल्दै उनले आफ्नो कम्पनीले एआई प्रयोगमार्फत कार्यक्षेत्रमा ठूलो परिवर्तन ल्याउन लागेको बताए।

युआनका अनुसार जुमले हालै ‘डिजिटल ट्विन’ नामक सुविधा ल्याएको छ, जसमा प्रयोगकर्ताको एआई अवतारले आफ्नै सट्टा बोल्न सक्छ। उनले यो प्रविधिको प्रदर्शन यस वर्षको एक अर्निङ कलमा लगानीकर्ताहरूसामु गरेका थिए, जसले एआईको संचार क्षमता र सम्भावनालाई देखाएको थियो।

सम्मेलनमा युआनले भने, ‘हामी अहिले एआई र त्यसको सही प्रयोगबारे धेरै समय खर्च गर्दैछौं। अहिलेको हाम्रो लगानीको प्राथमिकता हो — ‘एआई, एआई र एआई।’ उनका अनुसार, जुमले एआईलाई आफ्नो दीर्घकालीन रणनीतिक केन्द्र बनाएको छ।

युआनले भविष्यमा एआई ‘डिजिटल ट्विन’ हरूले कार्यसम्झौताहरूमा पनि सहयोग गर्न सक्ने बताए। ‘दुई जना व्यवसायिक कार्यकारीहरूलाई लामो मिटिङमा बस्नुको सट्टा, उनीहरूले आफ्ना डिजिटल ट्विनहरूलाई पहिले नै योजनामा काम गर्न पठाउन सक्छन्,’ उनले भने।

उनका अनुसार एआईले इमेल चेक गर्न, महत्वपूर्ण सन्देश छान्न र जवाफ दिन सहयोग पुर्‍याउनेछ। साथै, जुमका अन्य सेवाहरू — जस्तै online whiteboard र collaborative documents — मा पनि एआईको एकीकरणले कार्यक्षमता बढाउनेछ।

‘अहिले हामीले हरेक काममा म्यानुअल रूपमा ध्यान दिनुपर्छ, तर छिट्टै एआईले सबैमा सहयोग गर्नेछ,’ युआनले भने।

उनले थपे, ‘त्यो बेला हामीलाई हप्तामा पाँच दिन काम गर्न आवश्यक हुने छैन। पाँच वर्षभित्रै हामी तीन वा चार दिनको कार्यसप्ताहमा पुग्नेछौं — यही हाम्रो लक्ष्य हो।’