कीवर्डहरू -

अनुमति बिना अनलाइनमा पोस्ट गरिएको निजी सामाग्री कसरी हटाउने ? यस्ता छन् ५ प्रभावकारी उपाय

अनुमति बिना अनलाइनमा पोस्ट गरिएको निजी सामाग्री कसरी हटाउने ? यस्ता छन् ५ प्रभावकारी उपाय

काठमाडौं । सम्बन्धित व्यक्तिको अनुमतिबिना व्यक्तिगत जानकारी शेयर गर्न पाइदैन् । यदि अनुमति बिना कुनै संवेदनशील वा निजी कन्टेन्ट (जस्तै निजी फोटो, भिडियो, च्याट वा अन्य विवरण) अनलाइनमा प्रकाशित गरिएको छ भने तुरुन्तै आवश्यक कदम चाल्नुपर्छ । नत्र त्यसले भविष्यमा ठूलो घटना पनि निम्त्याउन सक्छ । 

आज हामी तपाईलाई अनुमति बिना व्यक्तिगत जानकारीहरू प्रकाशित गरिएको छ भने ती जानकारीहरू हटाउन सकिने केही सम्भावित तरिकाको बारे जानकारी दिदैछौं । 

१. तुरुन्त कन्टेन्ट रिपोर्ट गर्नुहोस्

 सोशल मिडिया प्लेटफर्म (इंस्टाग्राम, फेसबुक, एक्स, यूट्यूब) मा इन-बिल्ट रिपोर्ट फीचर प्रयोग गर्नुहोस् । प्लेटफर्मलाई स्पष्ट रूपमा बताउनुहोस् कि यो कन्टेन्ट तपाईंको सहमति बिना अपलोड गरिएको हो । 

२. वेबसाइटबाट डायरेक्ट सम्पर्क गर्नुहोस्

यदि कन्टेन्ट कुनै वेबसाइटमा छ जुन तपाईंको नियन्त्रणमा छैन भने WHOIS टूल प्रयोग गरेर वेबसाइट मालिकको जानकारी खोजी गरी उनीहरूलाई इमेल गर्नुहोस् । नम्र र  प्रोफेशनल लैंग्वेजमा हटाउने विन्ती गर्नुहोस् ।

३. साइबरक्राइमको उजुरी गर्नुहोस्

साइबर बूरोको पोर्टल: https://cyberbureau.nepalpolice.gov.np/report-cyber-crime/ मा गएर रिपोर्ट गर्न सक्नुहुन्छ ।

४. डी–इन्डेक्स र टेकडाउन अनुरोध

गूगल डी–इन्डेक्स टूल: support.google.com/websearch

यसले तपाईंको निजी सामाग्रीलाई  गूगल सर्चमा ब्लक गर्छ । कन्टेन्ट हट्दैन, तर खोजमा देखिँदैन ।

डीएमसीए टेकडाउन नोटिस: तपाईंको कपीराइटेड कन्टेन्ट कुनैले प्रयोग गरिरहेको भए डीएमसीए नोटिसमार्फत हटाउन सकिन्छ ।

५. विशेष टूलहरू प्रयोग गर्नुहोस्

  • टेक इट डाउन (मेटा द्वारा)https://takeitdown.ncmec.org
    नाबालिगहरूको नग्न वा आपत्तिजनक तस्वीरहरू रोक्न बनाइएको हो । तपाईंको फोटो/भिडियोको हैशट्याग बनाइन्छ, वास्तविक फाइल अपलोड हुँदैन । यो हैशट्याग मेटा, टिकटक जस्ता प्लेटफर्ममा मेल खाने कन्टेन्ट खोजेर हटाउन मद्दत गर्छ ।

  • स्टपएनसीआईआई.ओआरजीhttps://stopncii.org
     यो टूल खासगरी नन-कन्सेनशुअल इंटिमेट इमेज (NCII) अर्थात् बिना अनुमति खिचिएका निजी तस्वीरहरूबाट सुरक्षा दिन्छ । ह्यासट्याग बनाइ प्लेटफर्महरूलाई पठाइन्छ । ९० प्रतिशत भन्दा बढी सफलता दर; ३ लाखभन्दा बढी इमेज हटिसकेका छन् ।