कीवर्डहरू -

एनआईसी एशिया बैंकको हकप्रद शेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल नियुक्त

एनआईसी एशिया बैंकको हकप्रद शेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकले २:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख  ६६ हजार नौ सय बाईस रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका १४ करोड ९१ लाख ७५ हजार छ सय ५९ कित्ता साधारण शेयरको दुई शेयर बराबर एक (२:१) शेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण शेयर बराबर नयाँ १ (एक) कित्ता साधारण शेयर)को अनुपातमा साविकका शेयरधनीहरुको लागि सात अर्ब ४५ करोड ८७ लाख ८३ हजार पाँच सय रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँको सात करोड ४५ लाख ८७ हजार आठ सय ३५ कित्ता हकप्रद साधारण शेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद शेयर निष्कासनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्कासन कार्य अगाडि बढाइनेछ । हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यावसायिक विस्तार एंव रणनीतिक योजनाहरू कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको छ ।

उक्त हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइँटेल र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाद्वारा हस्ताक्षर गरिएको छ ।