कीवर्डहरू -

अटोमेसन

सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो लोन अटोमेसन सिस्टम, छोटो समयमै अब ग्राहकलाई ऋण प्रदान सक्ने

सेञ्चुरी कमर्सियल बैंकले ऋण अटोमेसन सिस्टम (क्रेडिट एक्स) सुरू गरेको छ । लोन अटोमेसन सिस्टमका प्रयोगका लागि सेञ्चुरी बैंक र एसबी सोलुसनबीच सम्झौता भएको हो ।

यसले अनलाइन ऋण आवेदन, आन्तरिक ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई अटोमेट र डिजिटाइज गर्नेछ । क्रेडिट एक्स माइक्रोको प्रयोग गरी छोटो समयमै ग्राहकलाई ऋण प्रदान गर्न सकिने छ ।

यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न पनि सहयोग पुर्‍याउने कम्पनीको जनाएको छ ।

बैंक तथा वित्तिय संस्थाहरूलाई लक्षित गरेर तयार पारिएको क्रेडिट एक्स अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको छ ।


अटोमेसन