डिजिटल नेपाल
डिजिटल प्रविधिले बदलिँदै त्रिवि शिक्षण अस्पतालको सेवा अनुभव
गोरखाकी जेसिका रसाइली उपचारका लागि बेला–बेला त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल आइरहन्छिन्। सेवा सुस्त हुनु र हरेक कामका लागि लामो लाइन लाग्नु उनका लागि सामान्य अनुभवजस्तै बनिसकेको थियो।
तर केही दिनअघि अस्पताल पुगेकी रसाइली छक्क परिन्। बिहान दिएको रगतको नमुनाको रिपोर्ट त्यही दिन उपलब्ध भयो, त्यो पनि लामो लाइन बस्नुपरेन।
‘पहिला रगतको रिपोर्ट लिन ३–४ दिन लाग्थ्यो। रिपोर्ट लिन पनि लामो लाइन बस्नुपर्थ्यो,’ रसाइलीले आइसिटी समाचारसँग भनिन्, ‘मेसिन राखेपछि रिपोर्ट लिन धेरै सहज भएको छ।’
***
कालिकोट घर भएका वीरेन्द्र शाहीको अनुभव पनि यसपटक फरक रह्यो। आफन्तको उपचारका लागि अस्पताल आएका उनले पहिलेझैँ काउन्टरमा गएर पैसा जम्मा गर्न लाइन बस्नुपरेन। न क्यास बोक्नुपर्ने झन्झट, न त पालो कुर्नुपर्ने बाध्यता। उनले क्युआर स्क्यान गरेरै रकम डिपोजिट गरे।
‘पहिले बिरामी छोडेर पैसा डिपोजिट गर्न जानुपर्थ्यो। लाइन पनि लामो हुन्थ्यो,’ शाहीले भने, ‘अहिले क्युआरबाटै पैसा तिर्न मिल्ने भएपछि धेरै सहज भएको छ।’
***
जेसिका रसाइली र वीरेन्द्र शाही प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समय त्रिवि शिक्षण अस्पतालमा आउने अधिकांश सेवाग्राहीले सेवा प्रवाहको प्रक्रियामा यस्तै नयाँ र सहज अनुभव गरिरहेका छन्। यसको मुख्य कारण हो—डिजिटल प्रविधिको प्रभावकारी प्रयोग।
त्रिवि शिक्षण अस्पताल भन्नासाथ लामो लाइन, भिडभाड र झन्झटको तस्बिर आँखा अगाडि आउँथ्यो। धेरै सेवाग्राही यसैलाई नियति जस्तै स्वीकार गरिरहेका थिए। तर पछिल्लो समय प्रविधिको प्रयोगले यो धारणा विस्तारै बदलिँदै गएको छ।
अस्पतालका आईटी इन्चार्ज राजन लामिछानेका अनुसार डिजिटल प्रणाली लागू भएपछि सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ। अनलाइनमार्फत डाक्टरको अपोइन्टमेन्ट लिनेदेखि ल्याब रिपोर्ट हेर्ने सुविधासमेत उपलब्ध छ। करिब २ महिनाअघि अस्पतालले ल्याब रिपोर्ट लिन र पैसा डिपोजिटका लागि भेन्डिङ मेसिनसमेत सञ्चालनमा ल्याएको छ।
‘अहिले दुई वटा प्रयोजनका लागि भेन्डिङ मेसिन प्रयोगमा छन्,’ लामिछानेले भने, ‘एउटाबाट ल्याब रिपोर्ट लिन र अर्कोबाट पैसा डिपोजिट गर्न सकिन्छ।’
भेन्डिङ मेसिन सञ्चालनमा आएपछि पहिलेझैँ कोठा–कोठा धाउनुपर्ने बाध्यता हटेको अस्पतालका डाक्टर गणेश शाह बताउँछन्। उनका अनुसार, पहिले बिहानै आएर लाइन बस्नुपर्ने र रिपोर्ट तयार भइसकेपछि पनि लामो समय कुर्नुपर्ने अवस्था थियो।
बिलमा रहेको क्युआर कोड मेसिनमा देखाएपछि रिपोर्ट तयार भएको छ भने आफैँ प्रिन्ट गर्न सकिन्छ । यदि रिपोर्ट तयार नभएको भए सिस्टममै देखाउँछ।
भेन्डिङ मेसिनले पैसा जम्मा गर्ने प्रक्रिया पनि निकै सरल बनेको छ। भेन्डिङ मेसिनमा बिरामीको आईडी वा क्युआर कोड देखाएर प्रवेश गरेपछि स्क्रिनमा देखाइएको क्युआर स्क्यान गरेर रकम जम्मा गर्न सकिन्छ। भुक्तानीपछि रसिद पनि त्यहीँ प्रिन्ट हुन्छ।
डिजिटल प्रणाली लागू भएपछि बिरामी मात्र होइन, अस्पतालका कर्मचारीलाई पनि काम गर्न सहज भएको अस्पतालकी स्टाफ नर्स सुमित्रा देवकोटाले बताइन्। उनका अनुसार, भीड व्यवस्थापन र सेवाग्राहीसँगको समन्वय दुवैमा सुधार आएको छ।
डिजिटल प्रविधिको प्रयोगसँगै त्रिवि शिक्षण अस्पतालको सेवा अनुभव क्रमशः रूपान्तरण हुँदै गएको छ। लामो लाइन र झन्झटको पहिचान बनाएको अस्पताल अब छिटो, छरितो र सेवाग्राहीमैत्री प्रणालीतर्फ अघि बढ्दैछ।
डिजिटल नेपाल
ब्याचलर्समा आईटी पढ्नुभएन तर मास्टर्समा पढ्न चाहनुहुन्छ ? पीजीडीसीए हुन सक्छ उपयोगी कोर्ष
पछिल्ला वर्षहरूमा कुनै पनि विषयमा स्नातक (Bachelor) गरेकाहरूले आफ्नो करियर सूचना प्रविधि (आईटी) क्षेत्रमा स्विच गर्न खोज्ने क्रम ब…
एआई जनशक्ति उत्पादनमा जोड दिदै सनवे कलेज
पछिल्लो समय विश्वभर नै एआई प्रविधिको लोकप्रियता चुलिएको छ । हामीहरूमध्ये धेरैको दैनिकी समेत बन्न थालिसकेको छ, एआई ।
…म्याग्दीमा पूर्वविद्यार्थीले विद्यालयलाई दिए कम्प्युटर, सीसीटीभी लगायतका शैक्षिक उपकरण
मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य…
किङ्गस कलेज: शिक्षालाई समाज र उद्यमशीलतासँग जोड्दै
‘सर...यो कलेज बिक्रीमा छ, किन्नु न...’
सन् २०११ को…
ब्याचलर्समा डाटा साइन्स पढाउँदै ब्रिटिश कलेज, कस्तो छ कोर्ष ?
ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालय (Keele University) सँगको सहकार्यम…
विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई सिकाउँदै आएको दूरशिक्षामा शार्क वैद्यको १ करोड लगानी
विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई सिकाउँदै आएको दूरशिक्षाले शार्क ट्यांक नेपालबाट १ करोड लगानी प्राप्त गरेको छ ।
प्लस टुपछि आईटी: के पढ्ने, किन पढ्ने र कहाँ पढ्ने ? (भिडियो)
‘प्लस टु’ सकेपछि धेरै विद्यार्थीको मनमा एउटै प्रश्न उठ्छ — अब के गर्ने ? विज्ञान, व्यवस्थापन, मानविकी — ज…
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी, यस्तो छ अनलाइनबाट हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । प्राविधिक समस्या नआएनमा सोमबार साँझसम्म नतिजा सार्व…
कान्तिपुर सिटी कलेजले सुरू गर्यो नयाँ कार्यक्रम ‘बिटेक इन एआई’, भर्ना खुला
कान्तिपुर सिटी कलेज (केसीसी) ले ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले प्रि-डिप्लोमा र डिप्लोमा तहमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) पढ्नका ला…
प्रि-डिप्लोमा र डिप्लोमा तहमा आईटी पढ्नका लागि करिब चार सयलाई छात्रवृत्ति दिदै सीटीईभीटी
सीटीईभीटीले प्रि-डिप्लोमा र डिप्लोमा तहमा ३३ सय बढीलाई छात्रवृत्ति दिदै, कसरी दिने आवेदन ?
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहमा…
प्लस टुपछि आईटी: के पढ्ने, किन पढ्ने र कस्तो छ अवसर ?
‘प्लस टु’ सकेपछि धेरै विद्यार्थीको मनमा एउटै प्रश्न उठ्छ — अब के गर्ने ?। विज्ञान, व्यवस्थापन, मानविकी — …
एसईईपछि आईटीमा के पढ्ने ?
शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भइसकेको छ । एसईईको नतिजा आएसँगै अब अगाडि के गर्ने ? कुन विषय …
असार १५ गतेदेखि त्रिविका यी १० सेवाहरू अनलाइनबाटै उपलब्ध हुने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा पूर्णरूपमा अनलाइनबाट उपलब्ध गराउने भए…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पीएचडी तथा स्नातकोत्तर तहमा भर्ना खुला
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) तथा स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको छ । नेपालको …