नयाँ प्रविधि
एलन मस्कको भविष्यवाणी: भविष्यमा काम अनिवार्य होइन, वैकल्पिक मात्र रहनेछ
विश्वप्रसिद्ध प्रविधि उद्यमी एलन मस्कले अबको २० वर्षभित्रमा मानिसहरूका लागि काम अनिवार्य नभइ वैकल्पिक हुने बताएका छन् ।
जेरोधाका सह-संस्थापक निखिल कामथसँगको पडकास्ट ‘People by WTF’ मा बोल्दै मस्कले एआई र रोबोटिक्सको विकासले भविष्यमा काम अनिवार्य नभइ वैकल्पिक हुने बताएका हुन् ।
‘अबको २० वर्षभन्दा कम समयमा काम गर्नु ऐच्छिक (वैकल्पिक) हुनेछ । यो भविष्य टाढा छैन। काम गर्नु पूर्ण रूपमा ऐच्छिक हुनेछ। लगभग शोक जस्तै हुनेछ,’ उनले भने, ‘२० वर्षभन्दा कम समयमा, सम्भवतः १०–१५ वर्षमै एआई र रोबोटिक्सको प्रगतिले हामीलाई यस्तो अवस्थामा पुर्याउनेछ जहाँ काम गर्नु पूर्ण रूपमा शोक जस्तै हुनेछ।’
आफ्नो भनाइलाई अझै प्रष्ट पार्न मस्कले भविष्यको कामलाई घरमा तरकारी उमार्ने वा पसलबाट किन्ने विकल्पसँग तुलना गरेका थिए ।
‘जसरी तपाईं आफ्नै बगैंचामा तरकारी उमार्न सक्नुहुन्छ वा पसलबाट किनमेल गर्न सक्नुहुन्छ, काम पनि त्यस्तै हुनेछ। आफ्नै तरकारी उमार्नु अलि कठिन छ, तर केहि मानिसहरूले यसलाई रमाइलो मान्छन्, जुन ठीकै छ। तर यो ऐच्छिक हुनेछ, र भविष्यमा म यसरी कामलाई हेर्छु,’ मस्कले भने ।
प्रविधिको प्रगतिले सबैका लागि वस्तु र सेवा भविष्यमा सजिलै उपलब्ध गराउन सक्ने उनको भनाइ छ ।
‘यदि एआई र रोबोटिक्सको क्षेत्रमा यसरी नै तीव्र रूपमा प्रगति भइराख्यो भने काम गर्नु ऐच्छिक हुनेछ र मानिसहरूले आफूले चाहेको कुनै पनि वस्तु र सेवा पाउन सक्नेछन्। यदि तपाईं सोच्न सक्नुहुन्छ भने, तपाईं पाउन सक्नुहुन्छ,’ मस्क भन्छन् ।
एआईले उत्पादन, ढुवानी, स्वास्थ्य सेवा र सिर्जनात्मक सेवामा नयाँ क्रान्ति ल्याउने मस्कको विश्वास छ । मस्कका अनुसार एआई प्रणालीहरूले अन्ततः व्यक्तिले कल्पना गर्न सक्ने सबै कुरा उत्पादन गर्न सक्नेछन्।
पैसाको आवश्यकता नपर्ने
एआई र ह्युम्यानोइड रोबोटले गरिबी अन्त्य गर्न सक्ने मस्कको दावी छ । ‘जब मेसिनहरूले वस्तु उत्पादन गर्न सक्नेछन्, सम्पत्ति सबैका लागि समान उपलब्ध हुनेछ। यस अवस्थामा आम्दानी, स्रोत र अवसरको लागि परम्परागत आर्थिक संघर्ष समाप्त हुनेछ।’
मस्कले अझै अगाडि गएर भविष्यमा पैसाको महत्व कम हुने सम्भावना समेत उल्लेख गरेका छन् । उनका अनुसार, पैसा मुख्यतया श्रम वितरण र उत्पादनको मूल्य निर्धारणका लागि प्रयोग हुने उपकरण हो। जब उत्पादन पूर्णतया स्वतः र असीमित हुन्छ, पैसा आवश्यक हुँदैन।
मस्कले यस्तो विश्वमा मूल्यको मुख्य आधार ऊर्जा उत्पादन बन्न सक्ने बताए। किनभने मसिनहरूलाई काम गर्न, सिर्जना गर्न र मानव जीवनलाई समर्थन गर्ने प्रणाली चलाउन ऊर्जा आवश्यक हुन्छ। यस प्रकारको अर्थतन्त्र श्रम वा उत्पादनका वस्तु भन्दा ऊर्जा क्षमतामा आधारित हुनेछ।
नयाँ प्रविधि
नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाको जोड
सूचना प्रविधिको युग सुहाउँदो नेपालको विजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बत…
नेपालमा पहिलोपटक एआईको प्रयोग सम्बन्धी अवधारणापत्र तयार
सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको व…
एआईको प्रयोग सबै क्षेत्रमा आवश्यक भइसक्योः मुख्यमन्त्री जोखबहादुर महरा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रविधिसँग नजोडिएको शिक्षा गुणस्तरीय शिक्षा हुन नसक्ने बताएका छन् । राप्ती इञ्जिनियर…
पर्वतका विद्यार्थीले बनाए ड्रोन
पर्वत जिल्लाको एक विद्यालयका छ जना विद्यार्थीले ड्रोन बनाएका छन्। सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका छ जना विद्यार्थीले…
एआईको प्रयोगबाट समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउदै हाम्रो पात्रो
चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ सुविधा सुरु गरे…
काठमाडौँमा एआई सुविधासहितका सीसीटिभी क्यामरा जडान
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) भएका अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन, फेसियल रिकग्निजेसन सिस्ट…
सर्लाहीको हरिवनमा ड्रोनबाट जग्गाको नापजाँच सुरु
सर्लाहीको हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुवात गरेको छ। नगरभित्रका भूमिहीन सुकुम्बा…
नेपाली मूलका डा. समिर मास्केले सुरू गरेको फ्युजमेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुँदै
नेपाली मूलका व्यवसायी डा. समिर मास्केले स्थापना गरेको एआईमा काम गर्ने कम्पनी फ्युजमेसिन्स इंक अमेरिकाको स्टक एक्सचेन्ज नासड्याकमा …
पूर्ण अटोमेशनमा पृथ्वी यातायात, यात्रुले अब अनलाइनबाट टिकट काट्न सक्ने
गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछि…
एआईबाट कसको जागिर गुम्छ ? कसको गुम्दैन ?
पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरि…
राष्ट्रिय गौरवका आयोजना एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित …
कोशी प्रदेशमा पहिलोपटक एआई, रोबोटिक्स र कोडिङ तालिम सुरू
कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङ लगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन …
क्यान महासंघको आयोजनामा भदौ ३१ गते ‘नेपाल ब्लकचेन कन्क्लेभ’ आयोजना हुँदै
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ ९क्यान …
ब्लकचेन मिटअप सम्पन्न, ब्लकचेन प्रविधि बारे छलफल
बबरमहलको क्याफे कोड्समा ब्लकचेन मिटअप सम्पन्न भएको छ । क्लक बि बिजनेश टेक्नोलोजीको स…
एआईले पढ्न थाल्यो कुवेतमा समाचार
कुवेत न्युजले क्रृतिम बौद्धिकता (एआई)बाट पढ्न मिल्ने गरी समाचार वाचक बनाएको निर्माण गरेको छ । उक्त समाचार वाचकको नाम फेदा राखिएको छ। फेदाले कुवेत ट…