कीवर्डहरू -

स्टोरी

मोबाइल कम्युनिकेसनका अनुसन्धाता डा. वेद प्रसाद काफ्ले

काठमाडौँ । इन्टरनेट तथा मोबाइल सञ्चारका भावी प्रविधिमा अनुसन्धान, विकास र अन्तर्राष्ट्रिय स्तरीकरण गर्दै आएका नेपाली अनुसन्धाता हुन् डा. वेद प्रसाद काफ्ले। उनी हाल टोकियोस्थित नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एण्ड कम्युनिकेशन्स टेक्नोलोजी (एनआईसीटी) मा रिसर्च म्यानेजरका रूपमा कार्यरत छन्। साथै, उनी टोकियो स्थित वासेदा विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टी, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अतिथि प्राध्यापक तथा जेनेभामा अवस्थित अन्तर्राष्ट्रिय दूरसञ्चार संघको आईटीयू-टी स्टडी ग्रुप १३ मा रापोर्टरका रूपमा पनि योगदान दिइरहेका छन्। उनी हाल नेपालमा अध्यापनका अतिरिक्त सोलुखुम्बु जिल्लामा दूधकोसी नदीको बहाव अनुगमन गरी सम्भावित बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली विकाससम्बन्धी प्रोजेक्टमा पनि संलग्न छन्। 

डा. काफ्लेले भारतको पञ्जाब इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेशन्स इन्जिनियरिङमा स्नातक, दक्षिण कोरियाको सउल नेशनल युनिभर्सिटीबाट कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङमा स्नातकोत्तर र जापानको द ग्राजुएट युनिभर्सिटी फर एडभान्स्ड स्टडीज (सोकेनदाइ) बाट इन्फर्मेटिक्समा विद्यावारिधि गरेका हुन्। उच्च अध्ययनअघि उनले नेपालमा त्रिभुवन विश्वविद्यालयको पुल्चोक क्याम्पस र नेपाल इन्जिनियरिङ कलेजमा अध्यापन गर्नुका साथै सरकारी सेवामा कम्प्युटर इन्जिनियरका रूपमा काम गरेका थिए।

सन् २००६ मा एनआईसीटीमा अनुसन्धाताका रूपमा प्रवेश गरेका डा. काफ्ले अहिले Beyond-5G र 6G सञ्चार नेटवर्कको आर्किटेक्चर, व्यवस्थापन तथा नियन्त्रण प्रविधिमा केन्द्रित छन्। विशेषगरी, कृत्रिम बुद्धिमत्ता (AI) र मेसिन लर्निङको प्रयोगबाट नेटवर्कको अवस्था विश्लेषण गर्ने, सेवाको माग पूर्वानुमान गर्ने र आवश्यक ब्यान्डविड्थ र कम्प्युटिङ रिसोर्स स्वचालित रूपमा व्यवस्थापन गर्ने प्रविधि उनको पछिल्लो अनुसन्धानको प्रमुख विषय हो। यसले जटिल सञ्चार नेटवर्कलाई बढी बुद्धिमान्, भरपर्दो र प्रभावकारी बनाउने लक्ष्य राख्छ।

 डा. काफ्लेको अर्को महत्त्वपूर्ण अनुसन्धान क्षेत्र स्थलीय नेटवर्क (Terrestrial network or TN) र गैरस्थलीय नेटवर्क (Non-terrestrial network or NTN) को एकीकरण हो। मोबाइल तथा इन्टरनेट नेटवर्कलाई भूउपग्रह र उच्च उचाइमा रहने प्लेटफर्मसँग जोडेर दुर्गम तथा ग्रामीण क्षेत्र, पहाड, मरुभूमि, समुद्र र हवाई क्षेत्रमा समेत सञ्चार सेवा उपलब्ध गराउन सकिन्छ। प्राकृतिक विपद्का कारण स्थलीय पूर्वाधार अवरुद्ध हुँदा पनि सम्पर्क कायम राख्न यस्तो एकीकृत प्रणाली उपयोगी हुन्छ। डा. काफ्लेले यसका लागि इन्टिग्रेटेड नेटवर्क कन्ट्रोल आर्किटेक्चरको डिजाइन, प्रयोगात्मक परीक्षण र स्तरीकरणमा काम गरिरहेका छन्।

डा. काफ्ले सन् २००८ देखि International Telecommunication Union (आईटीयू)को स्तरीकरण गतिविधिमा पनि संलग्न छन्। नेक्स्ट जेनेरेसन नेटवर्क, फ्युचर नेटवर्क, आईएमटी-२०२०/५जी र हाल आईएमटी-२०३०/६जी सम्बन्धी नेटवर्क आर्किटेक्चर तथा प्रविधिको अन्तर्राष्ट्रिय मापदण्ड निर्माणमा उनले योगदान दिएका छन्। उनले १५ वटा आईटीयू-टी रिकमेन्डेसन तथा सप्लिमेन्ट सम्पादन गरेका छन्।

उनका १५० भन्दा बढी सहकर्मी-समीक्षित (Peer-reviewed) शोधपत्र अन्तर्राष्ट्रिय जर्नल र सम्मेलनमा प्रकाशित छन्। नेटवर्क स्वचालन, एआईमा आधारित नेटवर्क नियन्त्रण, सूचना-केन्द्रित नेटवर्किङ, इन्टरनेट अफ थिङ्स, साइबर सुरक्षा तथा टीएन-एनटीएन एकीकरण उनका प्रमुख प्रकाशन क्षेत्र हुन्। उनको नाममा जापान, अमेरिका, युरोप र दक्षिण कोरियामा दर्ता गरेका १२ वटा पेटेन्ट पनि छन्। प्राविधिक अनुसन्धानसँगै उनले गोरखापत्रलगायत नेपाली पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा विज्ञान, प्रविधि र दूरसञ्चारसम्बन्धी लेख प्रकाशित गर्दै आएका छन्।

null

डा. काफ्लेको अनुसन्धान, प्रविधि विकास र अन्तर्राष्ट्रिय स्तरीकरणसम्बन्धी योगदान विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट कदर भएको छ। प्रमुख सम्मानमा सन् २०२२ को नेपाली डायस्पोरा आईसीटी अवार्ड, सन् २०२३ को जापानको इन्फर्मेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी अवार्ड (टीटीसी प्रेसिडेन्ट्स कमेन्डेसन), सन् २०२४ को आईईआईसीई इन्फर्मेशन एण्ड कम्युनिकेशन म्यानेजमेन्ट अचिभमेन्ट अवार्ड र सन् २०१८ को आईटीयू-टी स्टडी ग्रुप १३ फेलो अवार्ड समावेश छन्। उनले आईटीयू क्यालिडोस्कोप एकाडेमिक कन्फेरन्सहरूमा पाँच पटक उत्कृष्ट शोधपत्र पुरस्कार (Best Paper Award) पनि प्राप्त गरेका छन्।

अनुसन्धानबाट प्राप्त ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न डा. काफ्ले सन् २०१३ देखि विश्वविद्यालय अध्यापन र विद्यार्थी अनुसन्धान निर्देशनमा संलग्न छन्। उनले टोकियोस्थित युनिभर्सिटी अफ इलेक्ट्रो-कम्युनिकेशन्समा भिजिटिङ एसोसिएट प्रोफेसरका रूपमा काम गरेका थिए र सन् २०२३ देखि वासेदा विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा अध्यापन गर्दै आएका छन्। सन् २०२४ देखि चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा संलग्न भई स्नातकोत्तर तहका विद्यार्थीहरूको अनुसन्धान कार्यलाई मार्गदर्शन गर्दै आएका छन्।

डा. काफ्ले नेपालसँग ज्ञान र प्रविधि हस्तान्तरण तथा शैक्षिक सहकार्यमा पनि सक्रिय छन्। ग्रामीण क्षेत्रमा कम लागतको सञ्चार प्रविधि विस्तार, इन्टरनेट अफ थिङ्सको सुरक्षित प्रयोग तथा कम्प्युटर र एआईमार्फत विद्यालय शिक्षाको गुणस्तर सुधारजस्ता पहलमा उनले सहकार्य गर्दै आएका छन्। उनको शैक्षिक पृष्ठभूमि, अनुसन्धान, प्रकाशन, स्तरीकरण गतिविधि र पुरस्कारबारे विस्तृत जानकारी उनको व्यक्तिगत वेबसाइट www.vedkafle.com.np मा उपलब्ध छ।


 

स्टोरी

‘नेपाली एआई टुल’ विदेशी बजारमा, भिडियोदेखि विज्ञापन व्यवस्थापनसम्म एकै प्लेटफर्म

काठमाडौं । नेपाली प्रविधि उद्यमीहरूले विकास गरेको एआई टुल विदेशी बजारमा समेत प्रयोग गर्ने लक्ष्यसहित फिक्रा भ…

विदेशमा उत्कृष्ट अनुसन्धानदेखि नेपालको भविष्य निर्माणसम्म: डा. विशेष खनालको ‘ठूलो प्रश्न’ खोज्ने यात्रा (भिडियो)

काठमाडौं । नेपालमा विज्ञान तथा प्रविधिको उत्कृष्टताको कुरा गर्दा एउटा प्रश्न बारम्बार उठ्छ, नेपालसँग प्रतिभ…

बालकृष्ण जोशी: नेपाललाई विश्वसँग जोड्ने उद्यमीको यात्रा (भिडियो)

काठमाडौं । बालकृष्ण जोशीको उद्यमशील यात्रा कुनै पूर्वनिर्धारित व्यावसायिक योजनाबाट सुरु भएको कथा होइन ।…

ठेगाना नभएको ठाउँलाई पनि ‘ठेगाना’ दिने "कता हो" (भिडियो)

काठमाडौं । घर नम्बर छ, तर घर भेटिँदैन । सडकको नाम छ, तर त्यहाँ पुग्ने बाटो बताउन सकिँदैन । टोलको नाम…

नेपाली विन्डोजदेखि एआईसम्म : चार दशकको प्रविधि यात्रामा एलन बैलोचन तुलाधर (भिडियो)

काठमाडौं । कुनै समय कम्प्युटर भनेको नेपालमा केही सीमित कार्यालय, विदेशी संस्था वा प्रविधिमा विशेष रुचि राख्न…

सेन्सरदेखि ड्रोनसम्म: नेपालको पछिल्लो बाढीमा कसरी प्रयोग भयो प्रविधि ?

काठमाडौं । पछिल्लो समय नेपालले सामना गरेको विनाशकारी बाढी तथा फ्ल्यास फ्लडले प्राकृतिक विपद्को जोखिमसँग…

एआई र सात जनाको टिमबाट करोडौँ डलरको कारोबार : अजर राजभण्डारीको उद्यम यात्रा

काठमाडौं । काठमाडौंमा जन्मिएका अजर राजभण्डारी पाँच वर्षको उमेरमै अमेरिका पुगे । बाल्यकालदेखि नै फरक परिवेश…

नेपालदेखि न्यूयोर्कसम्म : सिलु मानन्धरले डिजिटल हेल्थ टेकमा बनाउँदैछिन् नयाँ पहिचान

काठमाडौं । काठमाडौंमा हुर्किएकी सिलु मानन्धरले पर्यटन व्यवसायबाट सुरु गरेको आफ्नो करियरलाई प्रविधि र डिजिटल …

सरकार डिजिटल बन्दै, सफ्टवेयर भने पायरेटेड : स्थानीय तहको अध्ययनले खोल्यो वास्तविकता

काठमाडौं । नेपालका स्थानीय तहमा प्रयोग भइरहेका कम्प्युटर प्रणालीको डिजिटल सुरक्षा र सफ्टवेयर कानुनी अनुपालनमा…

एउटै प्लेटफर्ममा यात्रा बुकिङदेखि एड्भेन्चरसम्म, डिजिटल ट्राभलको नयाँ गन्तव्य बन्दै ‘ट्रिप टर्बो’

काठमाडौं । यात्रा योजना बनाउँदा पहिले टिकट, होटल, यातायात र घुम्ने ठाउँको बुकिङका लागि छुट्टाछुट्टै माध्यम …

आदिम नेसनल कलेज: प्रविधि, व्यवहारिक शिक्षा र उज्ज्वल भविष्यको शैक्षिक केन्द्र (भिडियो)

काठमाडौं । काठमाडौंको चाबहिल, चुच्चेपाटीस्थित आदिम नेसनल कलेजले नेपाली उच्च शिक्षाको क्षेत्रमा एउटा फरक…

जो असफलताबाट डराएनन्, सफल भएरै छाडे

काठमाडौं । असफलता कुनै पनि सफल मानिसको जीवनको एउटा महत्त्वपूर्ण हिस्सा रहेको हुन्छ । असफलताले मानिसलाई…

द वेस्टमिन्स्टर : ब्रिटिश स्तरको आईटी शिक्षा, ‘समस्या समाधान’ र उद्योगमुखी भविष्यतर्फको नयाँ यात्रा

काठमाडौं । ललितपुरको कुपण्डोल, थापाथली ब्रिज नजिकै अवस्थित

सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी : गुणस्तरीय आइटी शिक्षाको पहिचान

काठमाडौं । वि.सं. २०६८ (सन् २०११) मा स्थापना भएको सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी त्रिभुवन विश्वव…

भिरिञ्ची कलेज : डिग्रीभन्दा सीपलाई केन्द्रमा राखेर अघि बढेको शैक्षिक यात्रा

काठमाडौं । काठमाडौं उपत्यकामा सूचना प्रविधिको शिक्षा विस्तार हुँदै गर्दा धेरैले डिग्रीलाई मात्र सफलताको …