दूरसंचार
टेरामक्स भ्रष्टाचार प्रकरण: प्राविधिक परीक्षणका लागि विशेष अदालतद्वारा विज्ञ समूह गठन
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन गर्ने आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले खरिद सम्झौताअनुसार उपकरण जडान भए–नभएको तथा त्यसको गुणस्तर र मापदण्ड परीक्षण गर्न विज्ञ समूह गठन गर्न आदेश दिएको हो।
अदालतको आदेशअनुसार नेपाल दूरसञ्चार प्राधिकरणका विषयविज्ञ वरिष्ठ इन्जिनियरको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन तथा इलेक्ट्रोनिक्स विषयविज्ञ प्राध्यापक र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का विषयविज्ञ सदस्य रहेको विशेष विज्ञ समूह गठन गरिएको छ।
आदेशमा भनिएको छ, “आपूर्ति भई जडान भएको भनिएको प्रणाली तथा सामग्रीहरूको गुणस्तर र मापदण्ड खरिद सम्झौताबमोजिम भए–नभएको परीक्षणका लागि विशेष अदालत नियमावली, २०८० को नियम ५९ बमोजिम विषयविज्ञ समूह गठन गरिएको छ।”
अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञावली तथा आपूर्तिकर्ता कम्पनी भ्यानराइज सोलुसन्स एसएएलका आधिकारिक प्रतिनिधिको उपस्थितिमा प्रणाली तथा सामग्रीहरूको प्राविधिक परीक्षण गरी प्रतिवेदन पेश गर्न आदेश दिएको छ।
अख्तियारका अनुसार टेरामक्स खरिदमा १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी भएको छ। आपूर्तिकर्ताले प्रणाली जडान भइसकेको दाबी गरेकाले सम्झौताअनुसारको गुणस्तर र मापदण्ड पूरा भए–नभएको परीक्षण आवश्यक ठहर गर्दै अदालतले आदेश दिएको हो।
यसैबीच, विशेष अदालतले २०८० पुस १२ गते प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले खरिद प्रक्रिया यथास्थितिमा राख्न दिएको निर्देशनसम्बन्धी फाइलको प्रतिलिपि समितिबाट झिकाउन पनि आदेश दिएको छ। साथै, टेरामक्स खरिद प्रक्रियासँग सम्बन्धित सम्पूर्ण सक्कल फाइल पेशीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट झिकाउन निर्देशन दिएको छ।
टेरामक्स खरिद प्रकरणमा अख्तियारले पूर्वमन्त्री तथा कांग्रेसका तत्कालीन सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दाका प्रतिवादीमा तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, निर्देशक तथा उपनिर्देशकहरू, परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्स, कम्पनीका सीईओ जमल अनोन्ती, स्थानीय एजेन्ट कनेक्सन ट्रेड प्रालि, अध्यक्ष दिलिपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेल रहेका छन्।
अख्तियारले उनीहरूसँग ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गरेको छ। योग्यता नपुग्ने प्रस्तावदाताबाट गलत प्रतिवेदन तयार गरी सर्वोच्च अदालतको आदेशअनुसार कानुनी प्रक्रिया पूरा नगरी राज्यलाई आर्थिक हानि पुर्याएको अभियोग अख्तियारको छ।
दूरसंचार
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ, सेवामा असर पर्ने जोखिम बढ्दो
नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि ठेक्का प्रक्रिया पुनः सुरु भएको छैन। प्रा…
पुरानै प्रविधिमा नेपाल टेलिकम: डेढ दशकपछि पनि नयाँ बिलिङ प्रणाली नटुंगिने संकेत
सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकम लामो समयदेखि राजनीतिक र आर्थिक रुपमा चलखेलको केन्द्र बन्दै गएको छ । जसको …
माघसम्ममा फाइभजी सेवा सुरू गर्ने तयारीमा नेपाल टेलिकम, नीतिगत सहयोगको माग
आगामी माघसम्ममा नेपाल टेलिकमले फाइभजी सेवा सुरू गर्ने तयारी गरेको छ । सरकारले दिएको म्यान्डेट अनुसा माघसम्ममा काठमाडौं र पोख…
आम्दानी घट्दा पनि चर्को करको मारमा टेलिकम कम्पनी, सात वर्षमा २८ प्रतिशतले घट्यो आम्दानी
पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिक…
राज्यलाई धेरै कर तिर्ने कम्पनी एनसेलमा आगजनी, १०औं तलासम्म पुगेर लुटपाट र चोरी
राज्यलाई धेरै कर तिर्ने निजी क्षेत्रको पहिलो दूरसञ्चार कम्पनी एनसेलमा आगजनी भएको छ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा एनसेलमा …
सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएपछि क्लाउड हिमालयलाई करोडौंको क्षति
थापाथलीको सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएपछि क्लाउड हिमालयलाई करोडौंको क्षति भएको छ । सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा क्लाउड…
एननेटले सुरू गर्यो एफटीटीआर र आईपीभी सिक्ससहित इन्टरनेट र आईपीटीभी सेवा
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) बाट अनुमति प्राप्त इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक एननेट (पर्पल) ले आधिकारिक रूपमा नेपालभर …
गोसाइँकुण्ड जाने पदमार्गमा नेपाल टेलिकमको टुजी सेवा
नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा टुजी सेवा सञ्चालनमा ल्याए…
व्यवसाय विविधिकरणमा एनसेल, युरोपेली साइबर सेक्युरिटी कम्पनी विथसेक्योरसँग साझेदारी
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना इन्टरप्राइज ग्राहकहरूको सुरक्षालाई अझ सुदृढ बनाउन विश्वस्तरको साइबर सुरक्…
२ करोड ६२ लाख ५२ हजार पुगे मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता
मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्नेको संख्या एक महिनामै २ लाख ६६ हजार ८७४ ले बढेका छन् ।
निजी क्षेत्रबाट ३० अर्बको आइसिटी पार्क परियोजना प्रस्ताव, १० हजार बढी रोजगारी सिर्जना हुने
निजी क्षेत्रबाट करिब ३० अर्बको आइसिटी पार्क परियोजना प्रस्ताव गरिएको छ । इन्फ्रा होल्डिङ्सले ३ जिल्लाका चार स्थानमा आइसिटी पार्क निर्…
एनसेलको ‘लीग अफ क्रिएटर्स’ सुरू, देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने अभियान
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको घोषणा गरेको छ । यसले नेपालभरि फैलिए…
मृर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ
मृर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । मृर्गौला प्रत्यारोपण गरेर सगरमाथाको सफल आरोहण गर्ने पे…
सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर आम नागरिकलाई दिने
सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर आम नागरिकलाई दिने भएको छ ।
संघीय संसदक…
क्लासिक टेकले ल्यायो १ जीबिपिएस स्पीडको इन्टरनेट
देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाइ मध्यनजर गर्दै १ हजार एमबिपिएस अर्थात् १ ज…