कीवर्डहरू -

डिजिटल इकोसिस्टमको बलियो आधार बनाउदै ‘एफवानसफ्ट ग्रुप’

आज आफ्नो १८ औं वार्षिकोत्सव मनाउदै एफवानसफ्ट

डिजिटल इकोसिस्टमको बलियो आधार बनाउदै ‘एफवानसफ्ट ग्रुप’

केही वर्ष अघिसम्म कसैलाई बैंक खातामा पैसा पठाउनु वा प्राप्त गर्न पर्‍यो भने बैंकमा घण्टौं लाइन लाग्नुपर्थ्यो । तर आज अवस्था फेरिएको छ । हामीले मोबाइलबाटै केहि सेकेन्डमा चाहेको मान्छेलाई पैसा पठाउन, पाउन र विभिन्न सेवाको भुक्तानी गर्न सक्छौं । यतिमात्र हैन तपाईलाइ सानो रकमको ऋण आवश्यक परेमा मोबाइलबाटै ‘लोन’ लिनसक्ने बाताबरण बनेको छ ।

आजभन्दा एक दशक अगाडि र आजको परिस्थिति फेरिएको छ, हाम्रो जीवनशैली सहजमात्र भएको छैन कि उत्पादन बढाउन र आम्दानी गर्न पनि प्रविधिले सघाएको छ । नेपालको वित्तीय सेवामा प्रविधि मार्फत सहजीकरण गर्ने पायोनियर कम्पनि हो ‘एफवानसफ्ट’ । परम्परागत कारोबारलाइ आधुनिक प्रविधिसंग जोड्ने श्रेय यसै कम्पनिलाइ जान्छ ।

\"\"

सन् २००४ मार्च ६ मा स्थापना भएको एफवान सफ्टले आज आफ्नो १८ औं वार्षिकोत्सव मनाइरहेको छ । वेबसाइट विकास गर्ने, होस्टिङ सेवा दिने लगायतको काम गर्ने गरी शुरूमा विश्वास ढकालले एफवान सफ्टको  स्थापना गरेका थिए । उनको योजनामा सामेल भए उस्तै उमेरका अरु दुइ युवा अस्गर अलि र सुवास शर्मा । यी ३ बाहेक अहिले सुबास सापकोटा, कान्तिपुर समुह र १३ सहायक कम्पनिका नेतृत्वको पनि बलियो साथ् छ एफवानसफ्टलाइ । नेपालको सबैभन्दा ठुलो सफ्टवेयर तथा फिनटेक कम्पनि बनाउन अहिले १२ सयबढीले प्रत्यक्ष योगदान दिरहेका छन् ।

आजभन्दा एक दशक अगाडि र आजको परिस्थिति फेरिएको छ, हाम्रो जीवनशैली सहजमात्र भएको छैन कि उत्पादन बढाउन र आम्दानी गर्न पनि प्रविधिले सघाएको छ । नेपालको वित्तीय सेवामा प्रविधि मार्फत सहजीकरण गर्ने पायोनियर कम्पनि हो ‘एफवानसफ्ट’ । परम्परागत कारोबारलाइ आधुनिक प्रविधिसंग जोड्ने श्रेय यसै कम्पनिलाइ जान्छ ।

वेबसाइट डेभलपमेन्ट र होस्टिङ लगायतका काम गर्दा कम्पनी खासै नाफामा नगएपछि उनीहरूले नयाँ अवसर खोजी गर्दै जाँदा फिनटेक क्षेत्रमा काम गर्ने योजना बनाएर अगाडि बढेको एफवान सफ्टका संस्थापक सुवास शर्माले बताए । त्यसपछि कम्पनीले सन् २००७ मा बैंकका लागि एसएमएस बैंकिङ सेवा बिकास गरेको थियो ।

उक्त एसएमएस बैंकिङ सेवा शुरूमा लक्ष्मी बैंकले प्रयोग गरेको थियो । लक्ष्मी बैंकबाट शुरू भएको एसएमएस बैंकिङ सेवा पछि देशका अधिकांश बैंकले प्रयोग गर्न थाले । फिनेटक क्षेत्रमा काम गर्ने योजना अनुरूप हात हालेको एफवान सफ्ट यतिकैमा रोकिने कुरा थिएन् । त्यसपछि कम्पनीले इन्टरनेट बैंकिङ र डिजिटल वालेट इसेवाको विकास गर्‍यो ।

सन् २००९ मा सुरु भएको इसेवाको नेपालको मात्र नभएर दक्षिण एशियाको पहिलो डिजिटल वालेट हो । आज इसेवाले कोरेको बाटोमा दुई दर्जन बढी भुक्तानी सेवा प्रदायक बजारमा छन् । इसेवाबाट लाखौं नेपालीले भुक्तानीको सेवा लिदै आएका छन् । इसेवाबाट ५० लाखभन्दा बढीले कारोबार गर्ने गरेका छन् ।

एफवान सफ्टलाई नेपालको फिनटेक क्षेत्रमा कखरा सिकाएको कम्पनीभन्दा पनि फरक पर्दैन् । नेपाललाई डिजिटल भुक्तानीको संसारमा डोर्‍याउन एफवान सफ्टको योगदान उल्लेखनीय र महत्वपूर्ण छ । नेपालमा इन्टरनेट बैंकिंग सेवा सुरु गर्ने बैंक कुमारीका तत्कालिन आइटी प्रमुख इ.सुरेश कर्ण भन्छन ‘एफवानसफ्टको त्यो लगाब र भिजन नभएको भए अहिले हामी चाडै डिजिटल बैंकिंङको यो अवस्थामा आइपुग्न कठिन थ्यो’ ।

एसएमएस बैंकिङबाट फिनटेक क्षेत्रमा हात हालेको कम्पनीले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने ईन्टरनेट बैंकिङ , मोबाईल बैंकिङ , भाइबर बैंकिङ , फोनलोन जस्ता निकै रूचाइएका प्रविधि निर्माण गरेको छ । अहिले नेपालका अधिकांश बैंकमा एफवान सफ्टले विकास गरेको सफ्टवेयर प्रयोग भइरहेको छ । ९० प्रतिशत वित्तीय क्षेत्रमा कम्पनिका मोबाइल तथा इन्टरनेट बैंकिंग प्रयोगमा छ ।

आज एफवान सफ्ट नेपालको अग्रणी फिनेटक कम्पनीको रूपमा स्थापित भएको छ । एफवान सफ्ट ग्रुप अन्तर्गत हाल १२ सय बढीले रोजगारी पाएका छन् भने वार्षिक अर्बोको कारोबार हुन्छ । कम्पनि सम्भवत देशलाइ सबैभन्दा धेरै कर तिर्ने नेपालको सफ्टवेयर कम्पनि पनि हो ।

\"\"

डिजिटल इकोसिस्टममा केन्द्रित

एफवान सफ्टले वित्तिय क्षेत्र मात्रै नभएर स्वास्थ्य, शिक्षा, इन्स्योरेन्स लगायतका अन्य क्षेत्रलाई समेत डिजिटलाइज बनाउँदै गएको छ । डिजिटल इकोसिस्टम सिर्जना गर्न कम्पनीले एफवान सफ्ट ग्रुप अन्तर्गत एक दर्जन बढी सहायक कम्पनी सञ्चालनमा छन्।

एफवान सफ्ट कुनै ठूलो लगानी वा कुनै ठूलो तामझामका साथ स्थापना भएको कम्पनी होइन । तर सानो पुँजी र एउटा कोठाबाट शुरू भएको कम्पनीले आज नेपालका विभिन्न क्षेत्रलाई डिजिटाइज बनाउन अहम भूमिका खेलिरहेको छ । राम्रो योजना र मिहिनेत गरेपछि सफल भइन्छ भने गतिलो उदाहरण हो, एफवान सफ्ट ।

संसारमा लोकप्रिय भएको ट्रेन्डलाई पछ्याउन आफुहरू सफल पनि भएको कम्पनिका सिइओ सुबास शर्मा बताउँछन् । ‘हाम्रोमा केही भएको छैन् । हामी भर्खर शुरूवात गर्दैछौं । यहाँ डिमान्डिङ कन्जुमर छैनन् ,’ उनी भन्छन् , ‘ नेपालमा नयाँ आइडिया ल्याउने वित्तिकै पहिलो पटक गरेको हुन्छ । यहाँ यति धेरै आईडियालाई ठाउँ छ । हामी त यहाँ अवसरै अवसर देख्छौं ।’

काम गर्दै गर्दा देखिएका विभिन्न चुनौतीलाई पार गर्दै एफवान सफ्ट नेपालको ठूलो फिनटेक कम्पनी बन्न सफल भएको छ । कम्पनीले साना व्यावसायीलाई डिजिटल माध्यममा ल्याएर उनीहरूको उत्पादन र आम्दानी बढाउन पनि विशेष भूमिका खेलेको छ । सरकारको डिजिटल नेपाल अभियानलाई पनि आफुहरूले सहयोग गरिरहेको उनको भनाइ छ ।

कम्पनीले स्वास्थ क्षेत्रलाइ प्रविधि मैत्री बनाउन कोजेंन्ट हेल्थ कम्पनिमार्फत काम गरिरहेको छ । यातायातलाइ ब्यबस्थित र सहजसेवा प्रदान गर्न दियालो कम्पनिले काम गरिरहेको छ । सरकारी सेवासुबिधादेखि सामान्य नागरिकका दैनिकी सहज बनाउन कम्पनिका बिभिन्न सहायक कम्पनि र प्रडक्टले काम गरिरहेका छन् ।

कम्पनिले नेपालमा धेरै किसिमले प्रविधिको नविनतम प्रयोगमा आगाडी बढेको छ । डिजिटल बैंकिंङमा समयअनुकुल सुधार र परिमार्जन गैरहेको हुन्छ कम्पनीले । अहिले ओम्नी च्यानल बैंकिंङ सुबिधा दिन कम्पनि लागिपरेको छ । फोनलोन सेवा नेपालको लागि नौलो प्रविधि अनुभव हो ।

नविनतम प्रविधि भित्र्याउन तल्लिन

कम्पनिले नेपालमा धेरै किसिमले प्रविधिको नविनतम प्रयोगमा आगाडी बढेको छ । डिजिटल बैंकिंङमा समयअनुकुल सुधार र परिमार्जन गैरहेको हुन्छ कम्पनीले । अहिले ओम्नी च्यानल बैंकिंङ सुबिधा दिन कम्पनि लागिपरेको छ । फोनलोन सेवा नेपालको लागि नौलो प्रविधि अनुभव हो । फोन मार्फत नै ‘लोन’ सुबिधा लिनसक्ने प्लाटफर्म कम्पनीले बनाएको छ । वित्तीय क्षेत्रमात्र नभएर स्वस्थ, बिमा र यातायात क्षेत्रमा प्रयोग भएका प्रविधिहरुले नेपालको डिजिटल सेवाको राम्रो अनुभव प्रदान गरेको छ कम्पनीले ।

डिजिटल कारोबारमा बिभिन्न रेकर्ड

पछिल्लो समय कम्पनीले विकास गरेको फोनपे अर्थात् स्कानपे प्रविधि धेरै लोकप्रिय भएको छ । फोनपेमा ५५ बढी बैंक तथा वित्तिय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार बढी व्यवसायी आवद्ध भएका छन् । फोनपेका एक करोड ४० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता छन् । फोनपे नेपालका सातै प्रदेशमा पुगिसकेको छ ।

१ लाख बढी मर्चेन्टले फोनपेको क्युआर कोड पेमेन्ट एसेप्ट गर्छन् । गत पुस महिनामा फोनपे नेटवर्कमा ५१ अर्ब बढीको कारोबार भएको थियो । फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी , अन्तर बैंक पैसा ट्रान्सफर , विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका काम गर्न सक्छन् ।

१३ सहायक कम्पनि, अरु पनि थपिदै

एफवान सफ्ट ग्रुप अन्तर्गत ईसेवा , फोनपे , ईसेवा मनि ट्रान्सफर , दियालो टेक्नोलोजी , कोजेन्ट हेल्थ , लोजिका बिन्स , सिरानटेक, दर्शन टेक, इसेवा ट्राभल, एक्सटेन्सो डेटा, बस सेवा, फिट इन्टरनेसनल जस्ता लिडिङ कम्पनी सञ्चालित छन् । अहिले ग्रुप अन्तर्गत १३ कम्पनि संचालनमा रहेको सिइओ सुबास शर्माले जानकारी दिए ।

\"\"

कतिपय इन्नोभेटिभ प्रडक्ट असफल नभएका पनि हैनन । फोन गर्दा भिडियो बज्ने प्रविधि ‘क्यासएण्डएड’ प्रडक्टमा कम्पनि बिबिध कारणले सफल भएँन । त्यसैगरी अन्यकेहि इकमर्श प्लाटफर्मबाट कम्पनि पछि हट्नुपर्यो तर केहि असफलताले पाठ सिक्दै कम्पनि अझ मजबुद भैरहेको अध्यक्ष बिश्वास ढकाल बताउछन् । हरेक वर्ष नया सेवा र सुबिधा दिने तथा इकोसिस्टम अझ मजबुद बनाउनेगरि कम्पनिहरु थप्ने वा स्टार्टअपहरुमा लगानी गर्ने कम्पनीको योजना नै छ । सफलताको सिढी चढ्न एफवान सफ्ट सबल, सक्षम् र योग्य रहकोमा कसैको दुइमत छैन ।

यो पनि पढ्नुहोस :

एफवान सफ्टः वेब होस्टिङदेखि फिनटेक लिडरसम्म, १४ सहायक कम्पनी, १ हजार बढीलाई रोजगारी

१३ सहायक कम्पनी सञ्चालन गरिरहेको नेपालको लिडिङ आइटी कम्पनी