कीवर्डहरू -

सूचना प्रविधि क्षेत्रका अब्बल नेपाली महिला

प्यासनदेखि पहिचानसम्म

सूचना प्रविधि क्षेत्रका अब्बल नेपाली महिला

आज मार्च आठ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । देशभरनै विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । हरेक क्षेत्रमा जस्तै प्रविधिमा पनि नारीहरुको सक्रियता बढेको छ ।

केही नारीहरुले प्रविधि क्षेत्रलाई अगाडि बढाउन उल्लेखनीय योगदान पनि दिएका छन् । प्रविधि शिक्षामा समेत नारीहरुको सहभागीता बढदै गइरहेको छ ।

आज हामी प्रविधि क्षेत्रलाई अगाडि बढाउन नारीको भूमिका उल्लेखनीय छ । नारी दिवसको अवसरमा हामीले नेपालको सूचना प्रविधि क्षेत्रका १३ अब्बल नारीको बारेमा यो विशेष सामग्री तयार पारेका छौं ।

तिमीला यमी थापा

\"\"
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानकी सहायक डिन हुन्, तिमिला यमी । नेपालकै पहिलो महिला इन्जिनयर प्रोफेसरको रुपमा उनलाई धेरैले चिन्ने गर्दछन् ।

२०२३ सालमा काठमाडौंको कान्तेश्वरी राज्यलक्ष्मी स्कुलबाट एसएलसी गरेकी तिमिलाले भारतको इन्डियन इन्स्टिच्युट अफ इन्जिनियरिङ र बेलायतबाट उच्च शिक्षा हासिल गरेकी हुन्  ।

सरकरी र निजी स्तरमा आइसिटी क्षेत्रमा काम गर्ने क्रममा उनले सूचना प्रविधि परिषद, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आइटी र इन्जिनियरिङ विषयको पाठ्यक्रम निर्माणमा सहयोग, रुरल टेक्नोलोजी फन्डलगायत गरी विभिन्न संस्थामा काम गर्दै आएकी छिन् ।

तिमिला यमि थापाले स्वदेशमा प्रविधिको विस्तारको लागी थुप्रै क्षेत्रबाट कार्य गरेकी छिन् । उनको अथक प्रयासले गर्दा नेपालको इतिहासमा पहिलो चोटि कम्प्यूटर ईन्जिनियरिङ् प्रोग्रामलाई पाठयक्रममा समावेश गरिएको थियो । यही नै प्रविधिको विकासका लागी जग बन्न पुगेको हो ।

यसैगरी उनले १९९० को दशकमा नै नेपालमा सफ्टवेयर कम्पनी सञ्चालन गरेर धेरै सरकारी, गैरसरकारी तथा कर्पोरेट अर्गनाइजेसनको काम गरेकी छिन् ।

एक राष्ट्रिय स्तरको नीति नियोजकको रुपमा उनले प्रधानमन्त्रीको कार्यालय अन्तर्गत आईसीटी सल्लाहकार बोर्डको सदस्यको रुपमा एक वर्ष काम गरिन् ।

थापालाई शैक्षिक नीति योजनाकारको हैसियतमा विश्व विद्यालय अनुदान आयोग अन्तर्गत एकेडेमिक काउन्सिल र अनुसन्धान परिषदको सदस्यको रुपमा पनि काम गरेको अनुभव छ ।

प्रविधि क्षेत्रसँग सम्बन्धित व्यक्ति भएकाले उनीले तीन वर्ष ईन्जिनियरिङ्ग काउन्सिलको गभर्निङ सदस्यको रुपमा पनि काम गरिन् । थापाले नेपाल दुरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोष बोर्डमा रहेर पनि तीन वर्ष सेवा गरिन् । उनका महिला र आइसिटी विषयमा ३० भन्दा बढी लेख प्रकाशित छन् ।

‘मैले निरन्तर रुपमा महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन हुने काम गरिरहेकी छु । अहिले तत्कालै सूचना प्रविधिको विकास हुने सम्भावना छैन । त्यसैले अवेरनेशका कार्यक्रम नै मुख्य गरि गर्ने गर्दछु’ उनले बताइन् ।

उनकै प्रयासमा कम्प्युटर इञ्जिनियरिङ डिग्री कार्यक्रम पहिलो पटक सुरू भएको थियो । उनको नेपालमा आईसीटी विकासको प्रारम्भिक चरणको प्रयासले गर्दानै नेपालमा आईटी पार्कको निर्माण भएको थियो ।

उनले मन्त्रालयमा पनि पहिलो आइटी विभागको निर्माणमा योगदान पुर्‍याएकी थिइन् । उनले नेपाल दूरसञ्चार प्राधिकरणमा दिएको योगदानका कारणले आइसीटी पूर्वाधारको विकास भएको थियो ।

त्यसैगरी थुप्रै आइसीटीसँग सम्बन्धित प्रोजेक्टहरुको पनि सुरुवात भएको थियो । उनले छाठी जना कम्प्यूटर इन्जिनियरहरुलाई रोजगाार प्रदान गरेकी थिइन् र आफ्नै कम्पनी खोल्नका लागी पनि उनीले प्रेरणा दिने गर्दछिन्  ।

गुणकेशरी प्रधान

\"\"

आइटीमा नेपाली महिलाको नाम लिनेबित्तिकै सम्झिइने नाम हो, गुणकेशरी प्रधान । उनी नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् ।

२०४२ सालमा युक्रेनबाट कम्प्युटर इन्जिनियर गरेर नेपाल फर्केकी प्रधानले नेपाल टेलिकमको अफिस भिजिट गर्न गएकै दिन सातौं तहको इन्जिनियरको नियुक्ति पाएकी थिइन् ।

टेलिकममा टेलिफोनको रकम भुक्तानी कार्य कम्प्युटराइजड गरेर करिअर सुरु गरेकी उनले सिस्टम एनालाइसिस र अपरेसन, सफ्टवेयर डेभलपमेन्टमा काम गरिन् ।

नेपालमा जिएसएम मोबाइल र इन्टरनेट विस्तार हुदा त्यसको सुपरिवेक्षण पनि प्रधानले गरेकी थिइन् । हाल उनी टेलिकमको अपरेसनस एन्ड मेन्टेनेन्स डिपार्टमेन्टकी म्यानेजर रहेकी छन् ।

‘त्यतिबेला नेपालमा यति इञ्जिनियरको आवश्यकता थियो कि म र मेरो साथी नेपाल टेलिकममा के के अवसर छ भनेर कार्यालय गएकै दिन तुरुन्तै तपाईंहरु हामीलाई चाहिएको छ, आजै नियुक्तिपत्र लिएर जानुहोस् भनेर आधा घण्टामै नियुक्ति दिइयो । त्यसपछि दूरसञ्चार कम्पनीमै करिअर सुरु भयो,’ उनले भनिन् ।

जुन उमेरमा महिला एग्रेसिभ्ली बिजनेस सेक्टरमा आउन सक्छन्, त्यतिबेला घरायसी समस्या जस्तै बिहे गर्नुपर्ने, घर रेखदेख, बालबाच्चा स्याहार गर्नुपर्ने लगायतका कारण महिला घरमै सीमित हुनुपरिरहेको उनी बताउँछिन् ।

रत्नतारा वैद्य

\"\"
बैंकिङ क्षेत्रकी पहिलो महिला आइटी प्रमुखका रुपमा रत्नतारा वैद्य परिचित छिन् । शिक्षिका बन्ने सपना  बोकेकी रत्न ताराले अगंजे्रीमा एमए गरेकी थिइन् ।

त्यतिबेला अमेरिकी दूतावासको सहयोगमा नेपालका ३० जनालाई फुल डाटा सिस्टम इन्टर नेसनल तालिम दिइएको थियो, जसमा रत्नतारा पनि अटाइन् ।

त्यसपछि उनी पूर्ण कम्प्युटर प्रोगामर बन्न सफल भइन् । अमेरिकामा समेत कम्प्युटर प्रोगामिङ गर्न सफल भएकी उनले सन् १९८५ देखि ८१ सालसम्ममा कम्प्युटर प्रोग्रामर बनेर काम गरिन् । कम्प्युटर प्रोग्रामर बन्न चाहने महिलाका लागि उनी आइडल हुन् ।

नेपाल बगंलादेश बैंक स्थापना भएसँगै आइटी अफिसरको रुपमा बैंक प्रवेश गरेकी उनले बैंकिङ क्षेत्रमा आइटी चिफ हुने एक्ली महिला हुन् । उनी क्यान महासंघको वरिष्ठ उपाध्यक्ष पनि हुन् रत्न तारा ।

आइटी क्षेत्रमा महिलाको सहभागिताको प्रसंगमा उनी भन्छिन्, ‘पहिलेको तुलनामा केही सहज देखिए पनि अझै महिला यो क्षेत्रमा खुलेर लागेका छैनन् । हाम्रो समाजले घरयासी काम नै महिलाको काम हो भन्ने मानसकिता दिएको छ ।

प्रनिता उपाध्याय

\"\"
प्रनिता उपाध्याय नेपालको प्रविधि क्षेत्रमा अग्रज महिला हुन् । उनी मेडीसफ्ट नेपालकी प्रमुख कार्यकारी अधिकृत हुन् । उनले विभिन्न सफ्टवेयर तथा नयाँ सिस्टम एपहरु बनाउने गर्दछिन् ।

त्यस्तै उनी व्यवसायमा चाहिने आन्तरिक कार्यहरु,व्यवसाय विकास रणनीतिहरु र आइटी प्रक्रियाहरुको मूल्याकंन गर्न सक्षम छन् ।

उनले आर्किटेक्चर मोडेलहरु तयार पार्ने, व्यवसायिक दृष्टिकोण र लक्ष्यहरु सिर्जना तथा कार्यान्वयन गर्ने कार्यमा निरन्तर रुपमा सहयोग पुर्‍याउँदै आएकी छन् । उनले विद्यार्थीहरुलाई शैक्षिक कार्यमा पनि सहयोग गर्ने गर्छिन ।

त्यस्तै आइटी क्षेत्रको राम्रो ज्ञान दिनका लागी पनि उनले निरन्तर रुपले काम गरिरहेकी छन् । उनले एकदमै राम्रो तरिकाले सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य गर्दै काम गरिरहनु भएको छ ।

सुनैना पाण्डे

\"\"

सन् १९७८ मा वीरगञ्जमा जन्मिएकी सुनैना घिमिरे पाण्डे कम्प्युटर एसोसिएसन अफ नेपालकी पुर्व उपाध्यक्ष हुन् । १४ वर्षको उमेरदेखि नै काम गर्दै पढेकी सुनैनाले नेपालीमा लोकलाइज गर्ने प्रोजेक्टको कोओर्डिनेट गरेकी थिइन् ।

यसैगरी नेपाली युनिकोड, तिथिमिति रुपान्तरण, विन्डोज भित्रैबाट नेपाली भाषाको किबोर्डबाट टाइप गर्ने व्यवस्था ल्याउन उनले सहयोग गरेकी थिइन् ।

सुनैना नेपालमा माइक्रासेफट्को बिजनेस हेर्ने टेक वनमा एसोसिएट जनरल म्यानेजर भएर केही बर्ष काम गरिन ।

अहिले आफ्नै कम्पनी जनरल टेक्नोलोजीको प्रवन्ध निर्देशकको रुपमा हाकिरहेकी सुनैनाले क्यान महासंघको केन्द्रीय तहमा महिलाको प्रतिनिधित्व गरेकी छन् ।

उनले क्यान मार्फत महिलाहरुको क्षमता अभिवृिद्ध गर्ने दजनौ कार्यक्रमहरुको समन्वय गरेकी छन् । क्यान महासंघको गत निर्वाचनमा अध्यक्ष पदमा झिनो अन्तरले पराजित भएपनि प्रविधिको सचेतना र विकासमा विभिन्न अभियानहरुमा क्रियाशील छिन् । उनले लायन्स क्लबको सदस्यको रुपमा पनि काम गरेकी छन् ।

कम्पनीलाई नेतृत्व गर्दै महिला आइटीमा सक्षम उद्यमी बन्न सक्छन भनि प्रमाणित गरिरहेकी सुनैना नेपालमा आइटी म्यागजिन सुरु गर्ने अभियन्ता पनि हुन् ।

महिलाको घरायसी दायित्व बढी हुने र टेक्नोलोजीमा अपटुडेट हुने समय कम भएकाले यो क्षेत्रमा सहभागिता थोरै देखिएको उनको अनुभव छ ।

सुनैना घिमिरे (पाण्डे) कम्प्युटर एसोसिएसन अफ नेपालकी पुर्व उपाध्यक्ष हुन् । उनले आइसीटीको क्षेत्रमा अठार वर्ष भन्दा बढि योगदान दिएकी छिन् । दुर्गम क्षेत्रमा ई–सर्भिसका लागी पनि उनीले काम गरिरहेकी छिन् ।

उनले क्यान मार्फत महिलाहरुको क्षमता अभिवृिद्ध गर्ने दर्जनौँ कार्यक्रमहरुको  समन्वय गरेकी छिन् । क्यान महासंघको गत निर्वाचनमा अध्यक्ष पदमा झिनो अन्तरले पराजित भएपनि प्रविधिको सचेतना र विकासमा विभिन्न अभियानहरुमा क्रियाशील छिन् ।

मोना न्याच्छों

\"\"
मोना न्याच्छों गोपाजु लगप्वइन्ट नेपालकी सिइओको कार्यभार सम्हालिसकेकी छन् । पोखरा विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ गरेकी उनले पूर्वाञ्चल विश्वविद्यालयबाट मास्टर्स इन बिजनेस स्टडिज र त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन सकेकी हुन् ।

इन्जिनियररिङ विद्यार्थीका रुपमा स्नातक पढ्दाकै समयमा आफ्नै कम्प्युटर इन्स्टिच्युटमा काम गरिन् र धेरै अनुभव हासिल गर्न पाइन् । उनले त्यहाँ कम्प्युटरको मेन्टेनेन्स गर्ने, प्रोग्रामिङ गर्ने, ज्ञान प्रदान गर्ने, क्लास र ल्याबमार्फत विद्यार्थीलाई सिकाउनेका साथमा रिसर्चको काम गर्थिन् ।

सन् २००६ मा स्नातक सकेपछि उनले युएस बेस्ड सफ्टेयर कम्पनी भेरिस्क इन्फर्मेसन टेक्नालोजीमा काम गर्न थालिन् । त्यहाँ सिनियर सफ्टवेयर डेभलपरकै हैसियतमा काम गर्न सफल मोना सन् २०१२ मा भने डेनिस बेस्ड आइटी कम्पनी लगप्वइन्टमा आइन् ।

त्यहाँकी पहिलो महिला कर्मचारी भइन् उनी । उनको दक्षता र कामप्रतिको लगावकै कारण सन् २०१४ देखि २०२० सम्म कम्पनीको सिइओका रुपमा कम्पनीको नेतृत्व गरेको हुन् ।

अहिले आफ्नै नेतृत्वमा नयाँ कम्पनि सुरु गरेकि उनले प्रविधि क्षेत्रमा महिला कुनै हिसाबले कम छैनन् भन्ने उदाहरण पेश गरेकी छन् ।

७. कुशुम लामा

\"\"

नेपालको सूचना तथा सञ्चार प्रविधिमा परिचित नाम हो कुशुम लामा । कर्पोरेट क्षेत्रमा रहेर डिजिटाइजेसन र प्रविधिमा काम गरेको जस उनलाई जान्छ ।

प्रभु ग्रुपको भाइस प्रेसिडेन्टको रुपमा रहेकी लामा यस ग्रुप अन्तर्गतका एक दर्जनबढी कम्पनी तथा संस्थाहरुको नेतृत्व गर्छिन् ।

प्रभु ग्रुपको भाइस प्रसिडेनट रहेकी कुशुम लामाले यस वर्षको नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ पनि (वुमन) प्राप्त गरेकी थिइन् ।

सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशेष योगदान गरेको भन्दै लामालाई आइसिटी डे २०२१ को अवसरमा उक्त अवार्ड प्रदान गरेको थियो ।

मुलुकमा कोरोना संक्रमणले भइरहेको बेला डिजिटाइजेसनको महत्व अझ बढी भएको भन्दै यस क्षेत्रमा अझै थप्रै काम गर्न बाँकी रहेको उनले भनाइ छ ।

उनी हाल प्रभु इन्सुरेन्समा अध्यक्ष, प्रभु म्यानेजमेन्टमा कार्यकारी अध्यक्ष, मेडिफ्लो सिस्टममा अध्यक्ष, प्रभु बैंक, प्रभु टेक्नोलोजी, स्मार्ट च्वाइस टेक्नोलोजि, फिन एक्सेसलगायतमा निर्देशकका रुपमा रहेकी छन् ।

पहिलो लाइसेन्स प्राप्त मोबाइल पेमेन्ट सर्भिस प्रोभाइडर प्रभु पेले स्मार्टफोन नभएका तर बारफोन प्रयोगकर्तालाई समेत पहिलोपटक डिजिटल पेमेन्टको पहुचमा जोड्न सफल छ ।

सन् २०१३ मा फिन एक्सेस मार्फत मोवाइल मनि अपरेटरको कन्सेप्टमा आएको हेल्लो पैसादेखि अस्पताललाई प्रविधि मैत्री बनाउने मेडिफ्लो सिस्टमसम्म उनले नेतृत्व गरेकी थिइन् ।

पहिलो लाइसेन्स प्राप्त मोबाइल पेमेन्ट सर्भिस प्रोभाइडर प्रभु पेले स्मार्टफोन नभएका तर बारफोन प्रयोगकर्तालाई समेत पहिलोपटक डिजिटल पेमेन्टको पहुचमा जोड्न सफल छ ।

यसैगरी, प्रभु म्यानेजमेन्ट मार्फत डिजिटल फाइनान्स सर्भिस, कोर एकाउन्टिङ सफ्टवेयर, रेमिट्यान्स र सहकारी सफ्टवेयरको विकास र प्रयोगले लाखौ मानिसलाई सहज जीवनशैलीमा रुपान्तरण गरेको छ ।

विदेशमा बसेका नेपालीलाई रेमिट्यान्सको डिजिटल नेटवर्कदेखि ग्रामिण क्षेत्रका सहकारीमार्फत गरिब, किसानको जीवनस्तर उकास्न उनेले नेतृत्व गरेका कम्पनीले महत्वपुर्ण योगदान दिएको छन् ।

यसैगरी, धेरै विद्यालयहरुको लागि ई–शिक्षा नामक सफ्टवेयर निशुल्क रुपमा प्रदान गरेकी कुशुम लामाले प्रभु बैंक लगायतका धेरै संस्थाहरुमा आइसिटी पोलिसी बनाउने र कार्यान्वयनमा ल्याउन सहयोग गरेकी छन् ।

लामाको नेतृत्वमा डिजिटल फाइनान्स साक्षरताको विभिन्न अभियानहरु सञ्चालनमा छन । विभिन्न कम्पनी मार्फत सयौंलाई रोजगारी उपलब्ध गराउन सफल लामाले डिजिटल रुपान्तरणको अभियानमा उत्तिकै महत्वपुर्ण योगदान दिएकी छन् ।

दोभान राई

\"\"

प्रो डा. दोभान राई डि टू हकआई सेवाको सफ्टवेयर इन्जिनियर हुन् । उनी कमला नामक छोटो फिल्मको प्रोजेक्ट सञ्चालक र स्क्रीप्ट लेखक पनि हुन् । उनले प्रविधिको प्रयोगले दिगो भविष्यको विकासको सन्दर्भमा पनि काम गर्ने गर्दछिन् ।

उनले ओएलई नेपालमा समेत काम गरेकी टछिन् । उनी ओएलई नेपालमा पहिले कन्टेन्ट डिजाइनर तथा रिभ्युअर पनि थिइन् ।

उनले कग्निशन, मेटाकग्निशनलाई प्रयोग गरेर तीन ओटा गेम जस्तो सिस्टमको पनि निर्माण गरेकी छिन्, जसमा मन्कीज रिभेन्ज, द लर्निङ ड्यासबोर्ड र मोजाईक रहेका छन् । उनले ममेडिकल डाइग्नोसिस एक्सपर्ट सिस्टमको पनि निर्माण गरेकी छिन् ।

रोजा किरण बासुकला

\"\"

रोजा किरण बासुकला नेपाल दूरसञ्चार प्राधिकरणको उपनिर्देशक हुन् । उनले गल्र्स इन आईसिटीको कन्सेप्ट लिएर काम गरिरहेकी छिन् । आईसिटीमा रहेको लैगिंक विभेदलाई क मगर्नका लागि उनले काम गर्ने गर्दछिन् ।

उनले आईसिटी क्वीज, ह्याकाथन जस्ता कार्यक्रमहरु केटीहरुका लागि पनि सञ्चालन गरिरहेकी छिन् । बासुकला क्यानको सदस्य पनि हुन् । उनी वुमन इन इन्फोरमेशन टेक्नोलोजीको कार्यकारी सदस्य पनि हुन् ।

दिब्या दली

\"\"

दिब्या दलीले आइसिटी क्षेत्रमा गत २० वर्ष देखि काम गरिरहेकी छन्  । उनी डिजिटल एज नेपालकी संस्थापक र प्रबन्ध निर्देशक पनि हुन् । उनले केवाईसी र एएमएल सोलुसन बनाउनका लागि काम गरिरहेकी छन् ।

उनले आफ्नो काममा गरेको योगदानले गर्दा ग्राहकहरुले सदैव खोजेजस्तै क्वालिटी प्रोडक्ट पाएका छन् । उनी एक दशक भन्दा बढी समयसम्म क्यानसँग पनि आवद्ध थिइन् ।

उनले वुमन इन इन्फरमेसन टेक्नोलोजीको मद्दतले आइसिटी क्षेत्रमा महिला सशक्तिकरण बढाउनका लागि पनि काम गरिरहेकी छन् ।

उनको लक्ष्य नेपाललाई आइसिटी क्षेत्रमा एकदमै सक्षम बनाउनु पनि रहेको छ । उनी एक उत्कृष्ट प्रेरक वक्ता पनि हुन् र उनकै कारणले पनि धेरै नेपाली चेलीहरुले आइटी क्षेत्रबाट देशको सेवा गर्ने लक्ष्य राखेका छन् ।

सोनिका मानन्धर

\"\"

सोनिका मानन्धर एलेओईको सहसंस्थापक र सीटिओ हुन् । सानै उमेर देखि प्रविधिमा रुची रहेको र एस्ट्रोनट बन्न उनी काठमाडौं इन्जिनियरिङ कलेजमा बिईमा भर्ना भइन् ।

यसपछि नै सुरु हुन्छ, सोनिकाको आइटी करियर । २०११ मा कलेजको पढाइ सकिनै लाग्दा काठमाडौंमा रहेको माइक्रोसफ्ट इन्नोभेसन सेन्टर (एमआइसी)मा उनले काम गरेकी थिइन् । एप्स बनाउन सिकिन् । ह्याकथनका इभेन्टमा सहभागी हुन थालिन् ।

उनले विन्डोज फोनका लागि फ्लावर फाइन्डर एप पनि निर्माण गरेकी थिइन् । सिक्दै सिकाउँदै अघि बढेकी सोनिकाको आइटी करियरमा माइक्रोसफ्ट इन्नोभेसन सेन्टरले धेरै अर्थ राख्दछ ।

२०१५ मा युनिसेफमा कार्यरत उनकी एक जना मेन्टरले सिलिकन भ्यालीस्थित नासा एम्स रिसर्च सेन्टरमा हुने ग्लोबल सोलुसन्स प्रोग्राममा एप्लाई गर्न अनुरोध गर्दै एउटा इमेल पठाए । उनले अप्लाई गरेर सेलेक्ट पनि भईन तर पछि भिसा ग्लीचका कारणले उनको अवसर छुट्यो ।

२०१७ मा उनको निरन्तर प्रयास पछि नाम निस्कियो र यसपटक साँच्चिकै उनी नासा एम्समा पुग्न सफल भइन् ।

नेपालबाटै पहिलो पटक ग्लोबल सोलुसन्स प्रोग्राममा गएकी सोनिकाको करियरले अर्को युटर्न लियो । उनले त्यहाँबाट धेरै कुरा सिक्न सकिन् ।

३ भाग्यमानी टिममध्ये सोनिका र लाइबेरियाकी टिफानी टङको टिम एक थियो, जसले सिलिकन भ्यालीमा भएको एसयु ग्लोबल समिटमा २ हजारभन्दा बढी सि लेभलका कार्यकारीहरुका अगाडि ‘फार्म स्पेस’ विषयमा पिच गर्ने अवसर पाएको थियो ।

एक वर्षसम्म आइडियामा ब्रेनस्टोर्मिङ गरेका यी दुईले आफ्नो जागिर छोड्दै स्टार्टअप कम्पनी खोले, जसको नाम हो आलोई ।

उनीहरुले बिग डाटा प्लेटफर्मका विभिन्न प्रोजेक्टको क्रमशः योजना ल्याएका छन् । अहिले कम्पनीले एसएमएस प्लाटफर्ममा काम गरिरहेका छ, जसले साना, मझौला तथा मध्यम व्यवसाय गर्ने व्यक्तिहरुको आर्थिक क्रियाकलापमा सहजिकरण गर्नेछ ।

यो सिस्टममा रकम प्रदान गर्ने र पाउने पक्षबीच ‘रियल टाइम ट्रान्जेक्सन’ हुने र रकम हस्तान्तरणको उद्धेश्य सजिलै पहिचान भएकाले छिटो काम सक्ने र भविष्यमा आउने समस्यालाई पनि हल गर्दछ । कृषिका लागि रिग्रो आलोईबाट ल्याएका छन् ।

यो स्टार्टअप स्थापनाअघि एक वर्षसम्म एक कम्पनीको फिनटेक प्लाटफर्म लिड समेत गरेको अनुभव समेत सोनिकासँग छ । यति मात्रै होइन उनले ग्वाहली नामको एक गैरसरकारी संस्था पनि चलाइरहेकी छन् ।

दृष्टिविहीन बालबालिकालाई कम्प्युटर सिकाउने कार्यबाट सुरु भएको यो संस्थाले अहिले अल्पसंख्यक र पिछडिएका मानिसहरुलाई विभिन्न सहयोग गर्दै आएको छ ।

एकपछि अर्को योजना बुन्ने र त्यसलाई मूर्तरुप दिएरै छाड्ने स्वभावको कारण उनलाई सफलताले पछ्याइरहेको छ ।

इडा रिजाल

\"\"

इडा रिजाल सोचवेयरको प्रमुख कार्यकारी अधिकृत हुन् । सानै उमेरमा इडा रिजाल आफू वरपर इलेक्ट्रोनिक्स उपकरण देख्दा मोहित हुन्थिन् ।

सीपीयूको ठूलो बाकस खोल्थिन् । यो कसरी डिजाइन भएको होला, कसरी प्रोग्रामले काम गर्ला भन्ने जिज्ञासाले कौतुहल बनाउँथ्यो ।

यही कारण स्कुलको कम्प्युटर क्लासमा प्रोग्रामिङमा चासो देखाइन् र पछि साधारण एचटिमएमएल प्रयोग गरेर घटौँ समय खर्चिएर साइट बनाउन चालिन् । यहि सब कारणले इडाले स्टिम  फिल्डमा करियर रोज्ने निर्णय गरिन् ।

उनले आफैले विभिन्न सामाग्री खोज्दै ट्रेनिङ लिन थालिन् । विभिन्न कम्पिटिशनमा सहभागी जनाइन् । सेमिनारमा गइन् । सिनियरबाट सिकिन् । डेभलपमेन्ट र डिजाइनमा टेक्निकल एक्सपर्टिज बढाउँदै लगिन् ।

यसरी प्रविधिमा रुचि राख्दै जाँदा नेपाल दूरसञ्चार प्राधिकरणले गल्र्स इन आइसिटीका लागि ह्याकाथन आयोजना गर्दैछ भन्ने कुरा उनले थाहा पाइन् ।

‘मैले पनि सहभागी जनाएँ । गर्ल्स सेफ्टीको एप डेभलप गरेर दोस्रो स्थानको पुरस्कार पाएँ,’ उनले भनिन्, ‘यसबाट मभित्र आत्मविश्वास जागृत भयो । र आफूले आफैलाई विश्वास गर्न थालेँ ।’

त्यही वर्ष उनले टेक गल्र्सको कम्युनिटी वुमेन इन स्टि मा कम्युनिकेशन र पिआर हेडको काम गर्न पनि थालिन् ।

केटीहरुको उपस्थिति निकै कम हुँदा उनी भने हरेक दिन इन्जोय गर्दै काम गर्थिन् । त्यति नै बेला उनले कलेजका सिनियरहरुसँग काम गरेर कलेजमा रोबोटिक्स पुनः सुरु गरिन् । केही रोबोटिक्स कम्पिटिशन पनि जितिन् । अनुभव लिने क्रम बढ्दै थियो ।

उनी माइक्रोसफ्ट स्टुडेन्ट पार्टनर २०१७ मा सेलेक्ट भइन् । त्यसपछि उनले विस्तारै सोचवेयरको विकास गरिन् । अहिले सम्ममा उनीहरुले ग्लोबल स्टेज पाएका छन् ।

‘आज सोचवेयर टेक कम्पनीको रुपमा उभिएको छ । टेक्नोलोजीका लागि डेभलपमेन्ट र ट्रेनिङमा काम गरिरहेको छ,’ उनले भनिन् ।

उनको सोचवेयरको यात्रा लामो छ । वेब डेभलपमेन्ट, एप डेभलपमेन्टदेखि आर्टिफिसियल इन्टेलिजेन्स र आइओटीसम्मको मल्टिपल टेक्नोलोजीमा काम गरिरहेका छ यो कम्पनीले ।

उनीहरुले इमाजिन कम २०१७ मा एप्लाइ गर्यो । र, नेश्नल फाइनालिस्ट बन्न सफल भयो । यसपछि इमाजिन कप २०१८ ले उनीहरुको इन्टरनेश्नल प्लाटफर्ममा ढोका खोलिदियो ।

सोचवेयर दक्षिण पुर्वी एसियाबाट श्रीलंकासँगै छनोट भयो । एसिया रिजनल फाइनल पनि जितेपछि वर्ल्ड फाइनलमा छानियो ।

उनले डिजिटल नेपालमाकसरी योगदान दिन सकिन्छ भन्नेतर्फ केन्द्रित भएको बताउँछन् । आज सोचवेयर माइक्रोसफ्टको एजुकेशन पार्टनरको रुपमा उभिएको छ ।

मानिसलाई टेक्नोलोजी प्रयोग गर्नका लागि एजुकेट गर्न उनीहरु काम गरिरहेका छौं । टेक्निकल स्पेसिफिकेशन सँगै टेक्निकल म्यानेजमेन्टतर्फ पनि आफ्नो स्किल उनले बढाउँदै लगेकी छिन् ।

कार्भिका थापा

\"\"

कार्भिका थापा किम्बु टेककी प्रमुख कार्यकारी अधिकृत हुन् । उनी हालैमा गण्डकीमा अन्तर्राष्ट्रिय स्तरको आइटी डिग्रीको निर्माणको लागी आइटी कन्सलटेन्टको भूमिका निर्वाह गरिरहेकी छन् । कार्भिका थापा अमेरिकामा चौंध वर्ष काम गरेर फर्केकी हुन् ।

छोरीहरलाई नेपाली परिभाषामानै पाल्ने निर्णयका साथ नेपाल फर्केकी कार्भिकाले नेपाली आइटी क्षेत्रमा महिलाको नेतृत्व एकदमै कम रहेको देखेर नेपालमा छोरीहरुका लागी उदाहरण बन्नका लागी काम गर्न थालिन् । उनले काठमाडौँ विश्वविद्यालयबाट बैच्लर्स इन बिजनेस इन्फोरमेसन सिस्टममा अध्ययन गरेकी थिइन् ।

अमेरिकामा हुँदा थापाले नाईकी र अर्बन आउटफिट्र जस्तो फर्चुन ५०० कम्पनीहरुसँग काम गरेकी थिइन् । उनले विभिन्न क्षेत्रहरुमा काम गरेकी छिन्, जसमा फाइनान्स, डेटाबेस मार्केटिङ, प्रोजेक्ट व्यवस्थापन र क्वालिटी अस्योरेन्स रहेका छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय व्यवसायहरुलाई नेपाल ल्याउन चाहन्छिन् ।

उनको अनुसार यसले अर्थतन्त्रलाई सहयोग पुर्‍याउने गर्दछ । सोही कारणले पनि उनीले आफ्नो व्यवसाय किम्बु टेकको सुरुवात गरेकी हुन् ।

कार्भिकाले अहिले नेपाली कलेजमा रहेको पाठ्यक्रम अन्वेषण गर्दा टेक उद्योग रपाठ्यक्रम बिचको दूरी निकै नै कम गर्नुपर्ने पाएकी थिइन् । सोही कारणले उनले चार वर्षीय नयाँ पाठ्यक्रम ड्राफ्ट गरेकी छिन् ।

गण्डकी विश्वविद्यालयमा उनले विद्यार्थीहरुलाई टेक उद्योगका लागी तयार पार्ने कोर्सको कार्यान्वयनका लागी काम गरिरहेकी छिन् ।

उनले आफ्नो अनुभवहरुलाई समेटेर विद्यार्थीको सार्वङगिण विकासका लागि काम गरिरहेकी छन् । उनले प्रविधि क्षेत्रमा महिलाको सहभागीता बढाउने लक्ष्यले काम गरिरहेकी छिन् ।

उनले आफ्नै अनुभवबाट यो सिक्नुभएको छ की प्रोग्रामिङ या कोडिङ गर्नका लागी आईटी डिग्रीको आवश्याकता पर्दैन् । हरकोहीले निरन्तर प्रयास गरेमा यो सम्भव हुन सक्छ ।

(एजेन्सीहरुको सहयोगमा)