कीवर्डहरू -

क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्सफर गर्न नपाइने 

क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्सफर गर्न नपाइने 

क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम अब बैंक खातामा पठाउन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीको लागि मात्र प्रयोग गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

साथै क्रेडिट कार्डबाट वालेटमा ट्रान्सफर गरेको रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने छ।