कीवर्डहरू -

नेपालका लागि उपयुक्त उपकरण ल्याउन चाहन्छौंः ब्रदर इन्टरनेसनलका प्रबन्ध निर्देशक हिरानो

नेपालका लागि उपयुक्त उपकरण ल्याउन चाहन्छौंः ब्रदर इन्टरनेसनलका प्रबन्ध निर्देशक हिरानो
प्रबन्ध निर्देशक हरानो

ब्रदर ग्रुप सन् १९०८ मा स्थापना भएको जापानको बहुर्राष्ट्रिय कम्पनी हो । विद्युतीय सामग्रीहरू निर्माण गर्ने ब्रदरको नेपालसहित ४० भन्दा बढी देशमा उपस्थिति रहेको छ ।

ब्रदरले मल्टिफङ्सन प्रिन्टर, टाइपराईटर, फ्याक्स मेसिन लगायतका सामाग्रीहरु उत्पादन गर्दै आएको छ । नेपालमा सागर डिस्ट्रीब्युसनले ब्रदरका सामग्री भित्र्याउँदै आएको छ ।

यसै सिलसिलामा ब्रदर इन्टरनेसनल गल्फ एफजेडईका प्रबन्ध निर्देशक केनोसुके हिरानो नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणको क्रममा रहेका हिरानो सँगै आईसिटी समाचारका लागि स्नेहा झा ले गरेको कुराकानीको सम्पादित अंशः


तपाईलाई नेपालमा स्वागत छ । नेपालको अनुभव कस्तो रहयो ?

नेपाल मलाई एकदमै मनपर्ने देश हो । यो मेरो दोस्रो भ्रमण हो । विशेषगरी साइट सिइङका लागि नेपाल सर्वोत्कृष्ट देशको रुपमा लिन सकिन्छ ।

पहिलो पटक म अन्नुपूर्ण हिमाल हेर्नका लागि आफ्नो परिवारसँग नेपाल आएको थिए । हामीले ट्रेकिङ पनि गरेका थियौँ र रमाइलो भएको थियो । यस पटक म विशेषगरी व्यवसायिक कारणले आएको हुँ ।

मलाई नेपाली खानुकरा, नेपाली मान्छे एकदमै मनपर्छ । मेरो अनुहार पनि नेपाली जस्तै देखिने हुनाले पनि एउटा छुट्टै सम्बन्ध महशुस हुन्छ । आज (शुक्रबार) बिहान एक जना नेपाली महिलाले मलाई नेपाली भनेर नेपालीमै बोल्दै थिइन् अनि मैले म जापानी हो भने ।

के को सिलसिलामा नेपाल आउनु भएको हो ?

मलाई ढेड वर्ष अघि सिंगापुरबाट दुबईमा ट्रान्सफर गरिएको थिए । त्यहाँबाट व्यवसायिक सम्बन्ध वृद्धिका लागि म नेपाल आउन प्रयास गरिरहेको थिएँ तर कोरोनाको कारण त्यो सम्भव भएको थिएन् । कोरोनाको विकराल अवस्था साम्य भएपछि म नेपाल आए ।

सागर डिस्ट्रीब्युसनसँग सहकार्य गरेर काम गर्न नेपाल आएको हुँ । नेपालको व्यवसायमा हाम्रो कम्पनीले प्रगति देखेको छ । हामी नेपालको मार्केट सेयरमा नम्बर वान छौँ ।

म पहिले नेपाली बजारको व्यवहार, क्षमता र समस्या बुझ्न चाहन्छु । यसैका लागि हामीले सागर ग्रुपसँग सहकार्य पनि गरेका हौँ । सागर डिस्ट्रीबयुसनसँगको सहकार्यले हाम्रो नेपाली व्यवसायमा पनि गति ल्याउने विश्वास छ ।

ब्रदर ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणका लागि काम गरिरहेको छ । गो ग्रीन अर्थ अवधारणामा कसरी काम गर्नुभएको छ ?

हामीले जहिले पनि पृथ्वी र वातावरणको संरक्षणका लागि काम गर्ने गर्दछौँ । मध्य पूर्वी एशियादेखि अफ्रिकासम्म  सिएसआर एक्टिभिटीहरु सञ्चालन गर्दै आएका छौँ ।

हामीसँग आफ्नै सेरेस (पृथ्वीको दिगो विकास र संरक्षणमा काम गर्ने) संस्था छैन् । सेरेस संस्थासँग आवद्धता नभएकै कारण हामीले सागर डिस्ट्रीबयुसनसँग सहकार्य गरेर नेपालमा सिएसआर कार्यक्रम सञ्चालन गरेका हौं, जसअन्तर्गत हामीले वातावरणीय संरक्षणका लागि वृक्षरोपण कार्यक्रम सञ्चालन गरेका छौँ ।

त्यस्तै भूमीगत प्रदुषणका निम्ति कम गुणस्तरको मसि तथा टोनर प्रयोग गर्नु सट्टा कम्पनीले गुणस्तरीय सामग्री प्रयोग गर्ने गर्दछ ।

ब्रदरले नेपालको प्रविधि विकासमा कसरी टेवा पुर्याएको छ ?

हाम्रो कम्पनी ‘कस्टुमर फर्स्ट’ भन्ने विचारमा विश्वास गर्ने गर्दछ । धेरै अग्रसर भएर काम गर्नेभन्दा पनि पछाडिबाट अरुलाई सहयोग गर्ने कम्पनीको उद्देश्य छ । त्यसकारण नेपालमा पनि विभिन्न सिएसआर कार्यक्रमहरु आयोजना गरेरै प्रविधि क्षेत्रमा योगदान पुर्याइरहेका छौं ।

ब्रदर जापानको बहुराष्ट्रिय इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल कम्पनी हो । ४० बढी देशमा तपाईहरूको उपस्थिति छ । नेपालमा ब्रदरका कुन कुन प्रडकहरू आउँछन् ?

नेपालमा सागर डिस्ट्रीब्युसनले ब्रदर ग्रुपका प्रडक्टहरु बिक्री गरिरहेको छ । विशेषगरी हामीले प्रिन्टिङ सेवा प्रदान गर्दै आएका छौँ ।

\"\"

नेपालमा ब्रदरको लेजर प्रिन्टर, डेस्कटप कम्प्यूटर, फ्याक्स मेशिन, टाइप राईटर, कम्युटर सामग्री, लुगा सिउने मेशिन, क्याराओके मेशिन, बडी बिल्डिङ मेशिन जस्ता सामान बिक्री हुँदै आएका छन् ।

ब्रदर ब्रान्डका प्रडक्टमाथि नेपाली प्रयोगकर्ताको प्रतिक्रिया कस्तो छ ?

तपाईले कठिन प्रश्न सोध्नुभयो । बजार हिस्साको आधारमा हेर्दा हामी शीर्ष स्थानमा छौँ । हाम्रो सबैभन्दा शक्तिशाली पक्ष भनेकै टिकाउ सामग्री बनाउनु हो । त्य

सले पनि अरू देशहरुको तुलनामा नेपालमा धेरैले ब्रदरको प्रिन्टिङ सामग्रीहरु खरिद गर्ने गर्दछन् । नेपालमा धेरै ब्राण्ड एक्टिभिटीहरु गर्न नपाएता पनि टिकाउ सामग्रीको कारण नेपाली प्रयोगकर्ताको विश्वास र प्रतिक्रिया राम्रो छ ।

ब्रदरमा नेपालीले रोजगारी पाएका छन् की छैनन् ? नेपालमै कारखाना खोल्ने कुनै योजना छ ?

नेपालमा हाम्रो आफ्नै शाखा कम्पनी छैन् । हाम्रो सबै व्यवसायिक गतिविधि सागर ग्रुपबाटै भइरहेका छन् । त्यस कारण हाम्रो तर्फबाट सागर डिस्ट्रीब्युसनले थ्रुपै नेपालीलाई रोजगारी प्रदान गरेको छ । त्यस्तै अहिलेसम्म नेपालमै कारखाना खोल्ने त्यस्तो कुनै योजना छैन् ।

बजार हिस्सामा शीर्ष स्थानमा रहे पनि नेपाल भारत, अमेरिका वा अरू देशहरु जति ठूलो नभएका कारण यहाँ कारखाना खोल्न अलि समस्यानै देखिन्छ । तर हामी सागर डिस्ट्रीबयुसनसँग सहकार्य गरेर नेपालमा काम गरिरहने छौँ ।

ब्रदरका आगामी योजनाहरू के के छन् ? कसरी अगाडि बढ्नुहुन्छ ?

हाम्रो कम्पनी इतिहास ११० वर्ष पूरानो छ । रिप्येर कम्पनीबाट सुरु भएको ब्रदरको मूल उद्देश्य भनेको सधैँ परिवर्तनका लागि काम गर्ने हो ।

लुगा सिउने मेसिनबाट  एक शताब्दी अघि सुरु भएको ब्रदरले अहिले विभिन्न प्रडक्टहरू बजारमा ल्याइसकेको छ ।

बजारको माग अनुसार परिवर्तन ल्याउन काम गर्छौं । यो हाम्रो संस्कृति नै हो । हामी परिवर्तन लयाउन हिच्किचाउँदैनौँ ।

त्यसैगरी हामीले हाइड्रोजन ब्याट्रीको विकासमा काम गरिरहेका छौँ । केही समयपछि हाम्रो पहिलो नयाँ प्रडक्टको रुपमा हाइड्रोजन ब्याट्री सार्वजनिक हुनेछ । कनेक्टिभिटीमा पनि काम गर्ने योजना छ ।

त्यस्तै हामी नेपालका लागि उपयुक्त उपकरणहरु ल्याउन चाहन्छौँ । नेपाली बजारको सुझाव, यहाँको अवस्थालाई बुझेर अघि बढन चाहन्छौँ । तत्कालै नेपालमा कुनै प्लान्ट स्थापना गर्ने मनसाय नभए पनि नेपाली जनतालाई सधैं सेवा दिन्छौं ।