कीवर्डहरू -

ई एग्रीकल्चरले देशमा कृषि क्रान्ति ल्याउँछः मन्त्री यादव

ई एग्रीकल्चरले देशमा कृषि क्रान्ति ल्याउँछः मन्त्री यादव

कृषि तथा पशुपंछी विकास मन्त्री महेन्द्र राय यादवले सुचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने बताएका छन् । बुधबार राजधानीमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२ औं दिक्षान्त समारोहमा मन्त्री यादवले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री यादवले दिक्षीत विद्यार्थीहरुलाई नेपाल मै बसेर कृषि क्षेत्रमा सुचना प्रविधिको प्रयोग गरेर नेपाललाई कृषिमा आयातमुखि मुलुकबाट परिवर्तन गरी निर्यातमुखि मुलुकमा परिणत गर्न आह्वान गरे ।

उनले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि लर्ड बुद्धको एपीयुसँगको सहकार्यले अवश्य पनि फलदायी हुने कुरामा आशावादी रहेको बताए ।

मुलुक कै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि र व्यापार व्यवस्थापन जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको कलेजका अध्यक्ष पंकज जालानले बताए ।

संस्थाले नयाँ किसिमको रोजगारमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेकोमा गर्व लागेको उनले बताए ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी ९ब्एग्०, मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा मै अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर शिक्षा  उपलब्ध गराउदै आएको छ ।