आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

जीवनसाथी खोजिदिने एप बिहे नेपाल बारे आईतबार वेबिनार हुँदै

टेक वेबिनार नेपालको ४३ औं श्रृंखलामा बिहे नेपाल एपको स्टार्टअप एण्ड टेक्नोलोजी बारे कार्यक्रम आयोजना हुने भएको छ ।

आइतबार अर्थात आउँदो जुन ५ मा साँझ ६ बजेबाट सुरु हुने वेबिनारमा बिहेनपालकी संस्थापक श्रेया कटुवालले बिहेनेपाल कसरी सुरु गरेको, त्यसमा कुन प्रविधि प्रयोग गरिएको छ र स्टार्टअपमा प्रविधिलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा बताउनेछिन् ।

उक्त वेबिनारमा उनले टेक स्टार्टअप सुरु गर्दाको अनुभव पनि बताउने छिन् । आइतबार साँझ ६ बजेबाट सुरु हुने टेक वेबिनार नेपालको ४३ औं श्रृंखलामा सहभागी हुन यहाँ क्लिक गरी फर्म भर्नुहोस् ।

 


 

सम्बन्धित समाचार