कीवर्डहरू -

खल्तीमा एनसीसी बैंकको खाता लिङ्क गर्दा १०० रुपैयाँ बोनस

खल्तीमा एनसीसी बैंकको खाता लिङ्क गर्दा १०० रुपैयाँ बोनस

खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ ।

यस सुविधा सुचारु भएलगत्तै  खल्ती प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेड खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन् ।

पहिलोपटक आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा लिंक गर्दा तत्काल रु. १०० बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

त्यति मात्र नभएर, एनसीसी बैंक लिमिटेडले अब खल्तीसँग बैंक लोड र बैंक ट्रान्सफर सेवा पनि उपलब्ध भएको छ ।

यी सेवाहरूमार्फत प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेडको इबैङ्किङ र एमब्याङ्किङ प्रयोग गरी खल्तीबाट सजिलैसँग पैसा पठाउन र झिक्न सक्ने कम्पनीले जनाएको छ ।