कीवर्डहरू -

नेपालमा विश्वस्तरीय डेटा सेन्टर बन्ने, बीएलसी ग्रुप र योट्टा डाटा सर्भिसबीच सम्झौता

नेपालमा विश्वस्तरीय डेटा सेन्टर बन्ने, बीएलसी ग्रुप र योट्टा डाटा सर्भिसबीच सम्झौता

नेपालमा डेटा सेन्टर स्थापना गर्न बीएलसी ग्रुप र योट्टा डाटा सर्भिस इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

आईतबारदेखि काठमाडौंमा सुरू गएको लगानी सम्मेलनमा बीएलसी ग्रुपका निर्देशक मेघा चौधरी र योट्टा डाटा सर्भिसका सीईओ सुनिल गुप्ताले एमओयुमा हस्ताक्षर गरेका हुन् ।

  ३ अर्ब बढीको लगानीमा बन्ने उक्त विश्वस्तरीय डेटा सेन्टरबाट डेटा सेन्टर, क्लाउड, सर्भिसेस र एआई सर्भिसेसहरू प्रदान गरिने छ ।