कीवर्डहरू -

आईटी क्षेत्रमा देखिएका समस्या समाधान गर्न उच्च स्तरीय आयोग गठन गर्दैछौंः दिपेश विष्ट

आईटी क्षेत्रमा देखिएका समस्या समाधान गर्न उच्च स्तरीय आयोग गठन गर्दैछौंः दिपेश विष्ट

सूचना प्रविधिको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सरकारले उच्च स्तरीय आयोग गठन गर्ने भएको छ ।

आइसिटी पाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२२ मा प्रधानमन्त्रीका आईटी सल्लाहकार दिपेश विष्टले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको अग्रसरतामा आईटी क्षेत्रमा देखिएका समस्यालाई समन्वय गर्न चाँडै उच्च स्तरीय आयोग गठन हुन लागेको जानकारी दिए ।

‘आयोग गठन गर्ने पक्रिया निकै अगाडि बढिसकेको छ । त्यसलाई आधिकारिता दिन बाँकी छ ,’ विष्टले भने, ‘अब आउने आर्थिक वर्षको सुरूवातसम्ममा नतिजासम्म पुग्न सक्छौं ।’

दश वर्ष अगाडि पनि सरकारले आईटी क्षेत्रका लागि उच्च स्तरीय आयोग गठन गरेको थियो । त्यो अहिले विघटन भइसकेको छ ।

उक्त आयोग विघटन भइसके पनि अहिले आएर सबैले त्यस्तो संस्था महशुस गरेको विष्टको भनाइ छ । प्रधानमन्त्रीको नेतृत्वमा आयोग गठन हुने उनले जानकारी दिए ।