कीवर्डहरू -

टेलिकमले घटायो लिज लाइनको शुल्क, यस्तो छ नयाँ महशुल

टेलिकमले घटायो लिज लाइनको शुल्क, यस्तो छ नयाँ महशुल

नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २५०० रूपैयाँ रहेकोमा अब १६०० रूपैयाँ मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २३०० रूपैयाँ बाट घटाएर रु. १६००रूपैयाँ नै कायम गरिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २१००रूपैयाँ र १९०० रूपैयाँ रहेकोमा अब दुवैको महशुल दर १५००रूपैयाँ कायम गरिएको छ ।

इन्ट्रानेट (क्ष्लतचबलभत) लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २७०० रूपैयाँ रहेकोमा अब २४०० रूपैयाँ, ११ देखि १०० एमबीपीएसको २४०० रूपैयाँ रहेकोमा अब २१००रूपैयाँ र १०० एमबीपीएस भन्दा बढीको २१०० रूपैयाँ रहेकोमा अब १८०० रूपैयाँ कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ ।

यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।