कीवर्डहरू -

गूगल, युट्युब, फेसबुक, नेटफ्लिक्स लगायतले अब कर तिर्नुपर्ने, आजदेखि लागु भयो नियम

गूगल, युट्युब, फेसबुक, नेटफ्लिक्स लगायतले अब कर तिर्नुपर्ने, आजदेखि लागु भयो नियम

आन्तरिक राजस्व विभागले तयार पारेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धि कार्यविधि, २०७९ आज अर्थात साउन १ गतेदेखि लागु भएको छ ।

सरकारले पहिलो पटक विद्युतीय सेवामा कर लगाएको हो । कार्यविधि अनुसार अब गूगल, युट्युब, फेसबुक, नेटफ्लिक्स, अमेजन प्राइम, हटस्टार, सोनी लिभ लगायतले नेपालमा सेवा दिएर आम्दानी गरे वापत कर तिर्नुपर्नेछ ।

यस्ता विद्युतीय सेवाले नेपालमा कार्यालय नै स्थापना नगरेर नेपालबाट वार्षिक अर्बो रकम लाने गरेका छन् र कर पनि तिर्ने गरेका छैनन् । तर अबदेखि त्यस्ता विद्युतीय सेवा प्रदान गर्ने कम्पनीले कर तिर्नुपर्ने छ । यसले सरकारको राजस्वमा समेत वृद्धि ल्याउने छ ।

सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रुपले इन्टरनेटमार्फत प्रदान हुने वस्तु तथा सेवालाई विद्युतीय सेवामा कर लाग्ने विभागले जनाएको छ ।

विद्युतीय सेवाभित्र विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओटीटी), तथ्यांक संग्रह, क्लाउड सेवा, गेमिङ, मोवाइल एप, अनलाइन मार्केट, सफ्टवेयरको आपूर्ति र अध्यावधिकरण, तथ्यांक, तस्वीरको डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, इ-बुक, इ-पुस्तकालय, इ-पत्रिकालगायत सेवालाई राखिएको छ ।

कार्यविधि अनुसार नेपाल भित्र सेवा प्राप्त गरेमा, नेपालको ठेगानामा बिजक जारी गरेमा वा नेपालको बैंकमा भएको बैंक खाता र रकम भुक्तानीका लागि अनुमति प्राप्त संस्था तथा निकायबाट सञ्चालन भएका भुक्तानी उपकरणबाट रकम भुक्तानी भएमा त्यस्तो रकममा कर लाग्ने भएको छ ।

कार्यविधिमा नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको वार्षिक २० लाख रूपैयाँसम्मको कारोबारमा कर लाग्ने नलाग्ने उल्लेख गरिएको छ । सोभन्दा बढीको कारोबारमा २ प्रतिशतका दरले कर लाग्ने छ । यो कर प्रत्यक्ष कर भएकाले सेवाको मूल्यमा करको रकम जोडेर असुल गर्न पाइने छैन् ।

यस्तो छ कार्यविधि