कीवर्डहरू -

आईटी कानुनलाई संशोधन गर्ने अध्यादेश पारित भएपछि नास आईटीले भन्योः ‘डिजिटल अर्थतन्त्र मजबुत हुनेछ’

आईटी कानुनलाई संशोधन गर्ने अध्यादेश पारित भएपछि नास आईटीले भन्योः ‘डिजिटल अर्थतन्त्र मजबुत हुनेछ’

संघीय संसदबाट सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका कानुनलाई संशोधन गर्ने अध्यादेश पारित भएपछि नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको संघ (नास आईटी) ले त्यसलाई स्वागत गरेको छ । 

यसले निर्णय नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन तथा विश्वव्यापी प्रविधि बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमतालाई अभिवृद्धि गर्न महत्त्वपूर्ण कदम हुने नास आईटीको विश्वास गरेको छ ।

‘अध्यादेशले आईटी तथा डिजिटल सेवा कम्पनीहरूलाई व्यवसाय सञ्चालन गर्न सजिलो बनाउने । लगानी भित्र्याउन सहज हुनेछ र नेपाललाई प्रविधि तथा नवाचारको केन्द्रको रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने छ,’ नास आईटीले विज्ञप्तीमा भनेको छ, ‘यो सफलता सरकार, नीति निर्माता, उद्योग र प्रविधि क्षेत्रका अगुवाहरूबीचको निरन्तर संवाद, सहकार्य र लक्ष्यप्रति साझा प्रतिबद्धताको परिणामस्वरूप सम्भव भएको हो ।’

अध्यादेश पारित गर्न सघाउने संघीय संसद्का सांसद, विज्ञ र यस क्षेत्रमा क्रियाशील संस्थाहरूलाई नास आईटीले धन्यावद दिएको छ ।