कीवर्डहरू -

स्टार्टअप मेनिफेष्टो सार्वजनिकः २०३० सम्ममा स्टार्टअप राष्ट्र बनाउने, १ लाखलाई नयाँ रोजगारी दिइने

स्टार्टअप मेनिफेष्टो सार्वजनिकः २०३० सम्ममा स्टार्टअप राष्ट्र बनाउने, १ लाखलाई नयाँ रोजगारी दिइने

स्टार्टअप मेनिफेष्टो सार्वजनिक भएको छ । स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा बलियो बनाउन सोमबार आयोजना भएको बिजनेस इन्क्युबेटर सम्बन्धि सम्मेलनमा स्टार्टअप मेनिफेष्टो सार्वजनिक भएको हो ।

उक्त मेनिफेष्टोमा सन् २०३० सम्ममा नेपाललाई स्टार्टअप राष्ट्रको रूपमा विकास गर्ने र उद्यमी मानसिकता बढाउने लगायतका कुरा समेटिएका छन् ।

स्टार्टअप इकोसिस्टमले सामाजलाई आवश्यक इन्नोभेसन छिट्टै आत्मसात गर्ने भन्दै उद्यमीको विकास र प्रविधिको उन्नतीका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने मेनिफेष्टोमा उल्लेख गरिएको छ ।

सन् २०३० सम्ममा १ लाख नयाँ रोजगारी सिर्जना गर्ने पनि स्टार्टअप मेनिफेष्टोको लक्ष्य छ । साथै स्थानीय जनशक्ति र स्रोतको प्रयोग गरेर नेपालले रेजिलेन्ट अर्थतन्त्र बनाउन काम गर्नुपर्ने बताइएको छ ।