कीवर्डहरू -

साइबर सुरक्षा फ्रेमवर्क बनाइने, डेटा आदान प्रदान सहज बनाउन खुला मापदण्ड प्रयोग गरिने

साइबर सुरक्षा फ्रेमवर्क बनाइने, डेटा आदान प्रदान सहज बनाउन खुला मापदण्ड प्रयोग गरिने

सरकारले राष्ट्रिय साइबर सुरक्षा फ्रेमवर्क बनाउने भएको छ । राष्ट्रिय साइबर सुरक्षा नीति २०८० राष्ट्रिय साइबर सुरक्षा फ्रेमवर्क तर्जुमा गर्ने उल्लेख गरिएको छ ।

साइबर सुरक्षाका लागि मापदण्डहरू कार्यान्यवनका लागि अन्तर्राष्ट्रिय मापदण्डसमेतका आधारमा फ्रेमवर्क बनाइने बताइएको छ ।

यस बाहेक अन्तर्राष्ट्रिय अभ्यासका आधारमा न्युनतम प्राविधिक मापदण्ड निर्माण गरिने, साइबर सुरक्षा परीक्षणको मापदण्ड, परीक्षकको योग्यता निर्धारण गरिने, डाटा आदान प्रदानलाई सहज बनाउन खुला मापदण्डको प्रयोगलाई प्रोत्साहन गरिने नीतिमा उल्लेख गरिएको छ ।

डेटा आदान प्रदान गर्दा इन्क्रिप्सन प्रयोग गरिने, सञ्चार तथा सूचना प्रविधि सम्बन्धि परामर्श सेवा तथा उपकरण खरिदका लागि विशेष कानुनी व्यवस्था गरी कार्यान्वयन गरिने र डेटा केन्द्रको सुरक्षाका लागि आवश्यक मापदण्ड तयार गरिने छ ।