कीवर्डहरू -

डिजिटल प्रणालीमा अपग्रेड हुँदै मनकामना केबलकार

डिजिटल प्रणालीमा अपग्रेड हुँदै मनकामना केबलकार

नेपालको पहिलो केबलकार मनकामना केबलकार आगामी साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको छ । सिस्टम अपग्रेड गर्ने भन्दै अर्को सूचना जारी नभएसम्म साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो ।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा लैजान सिस्टम अपग्रेड हुँदैछ । सिस्टम अपग्रेड गर्न अनुमानित ५-६ हप्ता लाग्ने कम्पनीको भनाइ छ । अपग्रडका लागि अष्ट्रियाबाट प्राविधिक टिम आउँदै छ ।

त्यसकारण ५-६ हप्तासम्म मनकामना केबलकारको सेवा बन्द हुनेछ । स्तरोन्नतिपछि मनकामना केवलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हुनेछ ।