कीवर्डहरू -

अवैध मोबाइल चल्न नदिने प्रविधि भदौ ३० गतेदेखि औपचारिक रूपमा लागु हुने

अवैध मोबाइल चल्न नदिने प्रविधि भदौ ३० गतेदेखि औपचारिक रूपमा लागु हुने

आउँदो भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा लागु हुने भएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनद्धारा काठमाण्डौको सोल्टी होटलमा आयोजित मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) को संयुक्त कार्यशालामा यस्तो जानकारी दिइएको हो  ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले भदौ ३० गतेबाट एमडीएमएस सिस्टम लागु गर्ने प्रतिवद्धता जनाएका थिए ।

एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । भदौ ३० पछि अवैध रूपमा नेपाल भित्रिएका मोबाइल चल्ने छैनन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागु गर्नु पर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएसको सुरुवात हुने र यसको दुई देखि तीन महिनामा शतःप्रतिशत लागु हुने बताएका थिए । त्यो दुई-तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गरिने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्ः के तपाईले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुभयो ? यस्तो छ अनलाइनबाटै दर्ता गर्ने तरिका