कीवर्डहरू -

स्टार्टअपलाई प्रवर्द्धन गर्न ‘स्टार्टअप नेपाल’ अभियान सुरू

स्टार्टअपलाई प्रवर्द्धन गर्न ‘स्टार्टअप नेपाल’ अभियान सुरू

नेपालमा स्टार्टअपलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल’ अभियान सुरू भएको छ । नेपालको अग्रणी थिंकट्याङ्क नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) ले उक्त अभियान डिजाइन गरी सञ्चालनमा ल्याएको हो ।

स्टार्टअप नेपाल अभियानले नेपालमा उद्यमशीलता र नवप्रवर्तनको वृद्धि र विकासमा टेवा पुर्‍याउने नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडाले बताए ।

अभियानले हरेक हप्ताको शनिबार स्टार्टअप टक सिरिज समेत सञ्चालन गर्दै आएको छ । उक्त टक सिरिजमा स्टार्टअपका अनुभव, चुनौती, सम्भावना लगायत विविध विषयमा छलफल हुने गरेको छ ।

यो अभियानले पढ्दै गरेका विद्यार्थी तथा स्नातक तह पूरा गरेका विद्यार्थीहरूलाई स्टार्टअप भेञ्चर सम्बन्धि योजना बनाउन, डिजाइन गर्न र कार्यान्वयनमा ल्याउने दिशा प्रदान गर्ने खतिवडाले जानकारी दिए ।

यस अभियानले अहिले डेन सेनर र साउल सिंगरको पुस्तक ‘स्टार्ट-अप नेसन: द स्टोरी अफ इजरायल इकोनोमिक मिरकल’ को समीक्षा गरी नेपालीमा अनुवाद गरिरहेको छ । यो पुस्तकले स्टार्टअप तथा उद्यमशीलतालाई नेपालका कुना कुनामा पुर्‍याउने सघाउने प्रतिष्ठानको विश्वास छ ।

यदी तपाई पनि नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुरू गरेको स्टार्टअप नेपाल अभियानमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी फाराम भर्न सक्नुहुनेछ ।